Sunday, January 21, 2018

एमाजनको दौडबाट लुइभील बाहिरियो


५० हजार जब सहित एमाजनले आफ्नो दोश्रो मुख्यालय स्थापनाको लागि सार्वजनिक गरेको सम्भावित २० शहरको नाममा केन्टकीको लुइभिल  पर्न सकेन । यसको प्रयासको लागि लुइभीलले १ लाख ५० हजार डलर खर्च गरिसेको थियो ।बीडको लागि ग्रेटर लुइभीलले एक लाख डलर र लुइभील चेम्वर अफ कमर्सले ७० हजार डलर खर्च गरेका थिए । उक्त रकम लुइभीलको ब्यापारीक सम्भाब्यता र बाताबरणको अध्ययन गरेर एमाजनलाइ प्रपोजल बुझाउन खर्च गरिएको थियो ।
एमाजनले जनसंख्या, शिक्षा, खेलकुदको स्तर, सार्वजनिक यातायात सेवा लगायतका बिषयलाई आधार बनाएर दोश्रो हेडकवाटर छनौट गरिरहेको छ । उक्त अध्ययन प्रतिवेदनमा ग्रेटर लुइभलिले  लुइभील क्षेत्रमा २५ देखि ६४ बर्ष उमेर समुहका ३५.७ प्रतिशत जनसंख्यासंग ब्याचलर डिग्रीको सर्टिफिकेट रहेको बताइएको थियो ।
त्यसैगरी एमाजनको मापदण्डभन्दा लुइभीलको जनसंख्या समेत अधिक थियो । सन २०१६ को जनगणना अनुसार लुइभील मेट्रोपोलिटान क्षेत्रको जनसंख्या १.२ मिलियन रहेको छ । बिगत ६ बर्षदेखि यस क्षेत्रको जनसंख्या ३.८ प्रतिशतको दरले बढीरहेको छ ।
तर एमाजनले फाइनालाइज गरेको २० स्थानबाट लुइभील बाहिरिएको छ ।

केनेपाल न्यूज /केन्टकी लुइभील

No comments:

Post a Comment