Saturday, January 20, 2018

अमेरीकामा लाखौ सरकारी कर्मचारीलाई काममा नआउन आदेश /कयौ सरकारी कार्यालय ठप्प


अमेरीकामा सरकारी काम बन्दीको पहिलो दिन लाखौ सरकारी कर्मचारीलाई काममा नआउन भनिएको छ । करीब ७ लाख संघीय सेवाका कर्मचारीलाई काममा नआउन भनिएको छ जसको कारण कयौ सरकारी कार्यालय बन्द हुने भएको छ ।
अमेरीकी सिनेटमा सत्ता पक्ष र विपक्षबीच गैर कानुनी आप्रावासीको मुद्धालाई लिएर विवाद बढेपछि सरकारी खर्च बिधेयक पास हुन नसक्दा यो अवस्था आएको हो । यो काम बन्दी तत्काल अन्त्य हुने लक्षण देखिएको छैन ।  रिपब्लिकन र डेमोक्रेट आआफ्नो अडानमा अडीग रहदा विवाद अझ बढ्ने देखिएको छ ।
सात लाख कर्मचारी अर्थात करीब ४० प्रतिशत कर्मचारीलाई काममा नआउन भनिएपछि कयौ सरकारी बिभाग बन्द हुने भएको छ ।  पासपोर्ट कार्यालय, सेन्टर फर डिजिज कंन्टोल तथा स्वास्थ्य बिभागको अधिकांश सेवा र आयकर बिभाग समेत यसबाट प्रभावित भएका छन् ।
यतिसम्मकी सेनासंग सम्वद्ध सीभिलियन कर्मचारीलाई पनि तत्काल काममा नआउन भनिएको छ । हुलाक सेवा जारी रहनेछ भने संघीय अदालत केही समय खुलेपनि कर्मचारीलाई काममा नआउन भनिएको छ ।
सुरक्षासंग जोडिएको तथा जरुरी सेवाहरु सुचारु रहनेछ ।जस्तै सैन्य तथा सीमा सुरक्षा बल, पुलिस, बारुण यन्त्र तथा सरकारी डाक्टरहरु सेवामा रहनेछन ।
शुक्रबार आधा रातको समयसीमासम्म अमेरीकी सिनेटमा सत्ता पक्ष् रिपब्लिकन पार्टी र विपक्षी डेमोक्रेट पार्टीका सांसदहरुबीच गैरकानुनी आप्रवासीको मुद्धामा सहमती नबनेपछि सरकारी खर्चको बिधेयक अस्विकृत भएको हो । 
डेमोक्रेटीक पार्टीका सिनेटरहरुले बच्चा अवस्थादेखिनै आमावुवासंग अमेरीका आएका करीब ८ लाख आप्रावासीलाई यहा बस्न र काम गर्न छुट दिन जारी राख्ने प्रावधान प्रस्तुत बिधेयकमा समेटिनु पर्ने अडान राखेका छन् ।
गत सेप्टेम्वरमा राष्ट्रपति डानल्ड  ट्रंपले आप्रवासीलाई छुट दिने खालको यस्तो कार्यक्रम अन्त्य गरी विकल्प खोज्नुपर्ने र त्यसको लागि कंग्रेसलाई मार्च सम्मको समयसीमा रहेको बताउनुभएको थियो ।
रिपब्लीकन सिनेटरहरुले यो मुद्धालाई सरकारी खर्च बिधेयकसंग जोड्नु नहुने र यसलाई छुट्टै छलफल गर्नुपर्ने अडान लिएका छन् ।
यसै क्रममा प्रतिनिधि सभाले एक बिधेयक पास गरी १६ फेब्रअरीसम्म सरकारी खर्चलाई स्विकृति दिएको छ  तर सिनेटमा डेमोक्रेटिक पार्टीका अधिकांश सदस्यले यो बिधेययको विरोध गरीरहेका छन् ।
सिनेटमा रिपवल्किन पार्टी ५१ सदस्यको साथ बहुमतमा छ तर सरकारी खर्च बिधेयक पास गर्न सत्ता पक्षलाई ६० मतको आवश्यक पर्छ ।अहिलेसम्म अमेरीकामा १९७६ देखि १८ पटक सकारी काम बन्द भएको छ ।  सन २०१३ मा बाराक ओबामाको पालामा स्वास्थ्य बिधेयकको मुद्धालाई लिएर रिपब्लीकन सिनेटरहरुले १६ दिनसम्म सरकारी काम बन्द गराएका थिए ।
बीबीसी न्यूजको सहयोगमा केनपाल केन्टकी लुइभील

No comments:

Post a Comment