Monday, January 22, 2018

स्टोरमा छिर्नुस/ मन लागेको सामान लिनुस/ स्टोर बाहिरिएपछि मात्र बील


एउटा यस्तो सुपर मार्केट न कोही कर्मचारी, न कुनै क्यास रजीष्टर, न डोरमा कुनै चेकजांच । भित्र पस्नुस । मन लागेको सामान उठाउनुस । स्टोर बाहिरिएपछि मात्र तपाइको हातमा बील आइपुग्छ ।
हो अमेरीकाको वासिंगटनस्थित सिएटलमा एमाजनले यो साता मात्र यस्तो स्टोर संचालनमा ल्याएको छ ।
यो स्टोरलाई एमाजन गो नाम दिइएको छ । यसको लागि तपाइको मोवाइल फोनमा एमाजन गो एप भने हुनैपर्छ । तपाइले स्टोरमा राखिएको सामान लिने वित्तिकै यो भर्चुअल कार्टमा जोडिदै जान्छ । तपाइले  त्यो सामान नलिने भन्दे पुन स्टोरमा राखिदिनुभयो भने त्यो भर्चुअल कार्टबाट आफै हट्छ । तर स्टोरमा क्यामेरा हुनेछन जसले ग्राहकलाई नजर राख्नेछन् ।
सामान लिएपछि कुनै चेकआउट र चेकजांच बिना स्टोर बाहिर निस्कनुस एप मार्फत इलेक्टोनिक रसीद तपाइले पाउनु हुनेछ ।  यो स्टोर २०१६ मा अनलाइन रिटेल कर्मचारीको लागि खोलिएको थियो ।
तर प्रयोगको क्रममा केही समस्या देखियो ।  सपिंगमा अभिभावकसंग गएका वालवालिकाले सामानहरु उठाएर अर्को ठांउमा राखिदिने गर्दा समस्या आयो ।
तर अहिले टेस्टिंग फेजमा कुनै समस्या नआएको बताइएको छ । तर एमाजनले यस्तो स्टोर बिस्तार गर्ने नगर्नेबारे भने केही बताएको छैन । केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment