लुइभीलकी जेनी मुर्रे ले जब फेसबुकमा LG&E को बीलबारे पोष्ट गरिन त्यहा गुनासो गर्नेहरु धेरै देखिए । उनले LG&E ले बील दोब्बर पार्न थालेपछि इनर्जी कसरी जोगाउने भनेर आफुले कयौ उपाय अपनाएको बताएकी छिन । १ सय डलर, १ सय २५ डलर हुदै जनबरीमा त ५ सय डलरको बील आएपछि त्यसले आफुलाई चिन्तित बनाएको उनको गुनासो छ ।
उनले आफूले सबै झ्याल चेक गराएको र काठको सबै ऱ्याकहरु चेन्ज गरेर इनर्जी सेभ गर्न प्रयास गरेको महिनामा त झन दोब्बर बील आएको गुनासो गरेकी छिन ।उनको गुनासो फेसबुकमा पोष्ट भएसंगै आफूहरुलाई समेत तेब्बरसम्म् बील आएको जानकारी गराउनेहरुको लहरै देखियो ।
LG&E ले समेत कष्टमरहरुले धेरै बील चार्ज भएको गुनासो गरेको फोनहरु प्राप्त गरिरहेको स्विकार गरेको छ ।
LG&E and KU का मिडिया निर्देशक नताशा कोलिनले पनि जाडो महिनामा जारी गरिएका बीलहरुमा तलमाथि परेको हुनसक्ने स्विकार गरेका छन् । उनले ग्राहकहरुलाइ बीलमा ध्यान दिएर पढ्न सुझाव दिए । बीलको सेकेण्ड लाइनको बक्समा Estimated (E) kWh Reading" वा "Actual (R) kWh Reading." देख्नुहुनेछ । Estimated वाला लाइन तपाइको बीलमा देखियो भने त्यो तपाइको मिटर रिडर नगरी मेथडको आधारमा जारी गरिएको बील हो ।.
कम्पनीले १.३ मिलियन मिटर रिडर गर्नुपर्ने तर त्यो सबै सम्भब नहुदा कतिपय बील प्रक्षेपणको आधारमा जारी गरिएको बताए ।
उनले त्यस्तो अनुमानित बील फर्मुलाको आधारमा जारी गरिएकाले तलमाथि पर्न सक्ने हुंदा पछि समायोजन गरिने जानकारी दिए ।
मौसमको अवस्था र बिगत बर्षको सोही महिनामा खपत भएको उर्जाको आधार लगायत कयौ मेथड अपनाएर बील जारी गरिएको उनको भनाइ छ । तर कम्पनीले बढी चार्ज गरेको भए भविष्यमा समायोजन गरिने र कम चार्ज भएको भए ग्राहकहरुले तिर्नपर्ने बताए ।
'अर्को समय मिटर रिडर हुंदा अनुमानित बील कति थियो र वास्तबिक कति हो भन्ने प्रष्ट हुन्छ ।' उनले भने, यो अर्को बीलमा समायोजन हुनेछ ।
यदी तपाइले पनि यस्तै समस्या भोगीरहनु भएको छ भने LG&E कष्टमर केयरको 5025891444 मा गुनासो गर्न सक्नुहुनेछ । एजेन्सीको सहयोगमा केनेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment