Wednesday, January 31, 2018

कुन दिन, महिना र कति बजे जागीर खोज्दा पाउने सम्भावना हुन्छ ?( शोधमा आधारित)


तपाइ जागीरको खोजीमा हुनुहुन्छ ? यदी त्यसो हो भने कुन महिना, कुन दिन र समयमा जागीरको आवेदन दिदा जागीर पाउने सम्भावना हुन्छ ? हुनत यी सवालको एकीन जवाफ दिन कठिन हुन्छ । तर दुनियाभरका जब सर्च वेभसाइट र रोजगार कम्पनीको तथ्यले केही रोचक बिषय समेटेको छ ।
बिशेषगरी जनवरी महिनामा सबैभन्दा बढीले जागीरको खोजी गर्छन भन्ने मान्यता छ । विश्वकै रोजगारीबारे जानकारी दिने मनस्टर डट कमका अनुसार सबैभन्दा बढी जनवरी ४ मा जागीरको लागि आवेदन दिइन्छ ।
लामो छुट्टी बाट फर्केपछि मानिसहरु जागीरको खोजीमा जुट्छन । विश्वका टप ६ जबसंग सम्वधिन्त वेभसाइटले जनवरी महिनालाई जागीर खोजीको तिब्र महिनाको रुपमा चित्रित गरेको छ ।
अर्को एक चर्चित जब सर्च इन्जिन इन्डिडले अमेरीका, क्यानडा,जर्मनी, र फ्रान्समा डिसेम्वरदेखि जनवरीसम्म मानिसहरुले बढी जागिर खोज्ने र परिवर्तन गर्ने बताएको छ ।
जागीर खोजीको लागि धेरैलाई सहयोग गर्दै आएको विश्वकै चर्चित कम्पनी रेडस्टेण्ड प्रोफेशनल्सका जोडी शावेजका अनुसार डिसेम्वरमहिनामा मानिसहरुले आफ्नो पुरानो जागीरबाट पाएको सन्तुष्टि असन्तुष्टिबारे पुर्नविचार गर्ने र नयां साल लाग्ने वित्तिकै जागीर खोज्न सुरु गर्छन ।
रवर्ट हाफ कम्पनीका पल म्याकडोनाल्ड चै जनवरीमा धेरैले जागीर खोजेपनि डिसेम्वर महिना नया जागीरको उपयुक्त महिना भएको बताउनुहुन्छ ।
उहांका अनुसार धेरै कम्पनीले डिसेम्वरमा बोनस बाड्ने धेरैले बोनस लिएर जागीर छाड्ने हुनाले रिक्त पदमा दाबी गरिहाल्दा जागीर पाउने सम्भावना पनि त्यत्तिकै हुन्छ । किनकि नयां बर्षमा कम्पनिको चुनौति र लक्ष्य बदलिन सक्ने उहाको तर्क छ ।
जानकारहरुका अनुसार सोमवार वा मंगलबार जागीरको लागि आवेदन दिन उपयुक्त हुन्छ । तर कुनै जागीरको भ्याकेन्सी निक्लेको कम्तिमा २४ घण्टापछि आवेदन गर्नु उपयुक्त हुने बिज्ञहरु बताउछन । किनकि सुरुको आवेदन भन्दा पछि आउने आवेदनहरुको रोचक पूवर्क अध्ययन गरिन्छ ।
जागीरको लागि आवेदन गर्दा समयपनि महत्वपूर्ण हुन्छ । दिनको ११ बजेदेखि २ बजेसम्म दिएको आवेदनको तुरुन्तै जवाफ मिल्ने सम्भावना रहन्छ । बिशेषगरी इमेल वा वेभसाइट मार्फत आवेदन भरिने जागीरहरुको लागि ।
अमेरीका, ब्रिटेन, क्यानडा र जर्मनीको आंकडाले कम्पनीहरुले बिहान ८ बजेदेखि जागीरको बिज्ञापन दिन थाल्ने र यो सिलसिला ३ बजे रोकिने गरेको देखाएको छ ।
तर बिभिन्न आंकडाहरुको अध्ययनले जागीर खोज्ने सबैभन्दा उपयुक्त समय डिसेम्वर महिना हो । डिसेम्वर महिनाको मंगलबार दिउसो ११ बजेदेखि २ बजेसम्म जागीरको आवेदन गर्नुभयो भने जागीर पाउने धेरै सम्भावना रहन्छ । बीबीसी क्यापिटलको लागि टिफ्फेनी वेनको फिचरको आधारमा केनेपाल न्यूज केन्टकी, लुइभील

No comments:

Post a Comment