Wednesday, January 31, 2018

के तपाइले आज सुपर ब्लू मुन हेर्नुभयो ?


के तपाइले आज सुपर ब्लू मून हेर्नुभयो ? यो अमेरीकामा आज विहान ५ बजेर ५१ मिनेटदेखि ६ बजेर ४८ मिनेटसम्म् देखिएको थियो । यदी यो अवसर छुटाउनुभएको छ भने  सन् २०३७ मा मात्र हेर्न पाइने छ ।सुपर ब्लू मुनको समयमा चन्द्रमा साधारण दिन भन्दा ठूलो र चम्किलो देखियो । यो १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले चम्किलो देखिएको थियो अन्य दिनभन्दा ।
के हो सुपर मुन ?
सुपरमुन त्यो खगोलीय घटना हो जसको क्रममा चन्द्रमा पृथ्बीको एकदमै नजिक रहन्छ ।यसलाई पेरीगी पनि भनिन्छ ।एकदम नजिकको स्थितिलाई पेरीगी (३,५६,५०० किमि ) र टाढाको अवस्थालाई अपोगी (४,०६,७०० किमि) भनिन्छ ।
ब्लु मुन भनेको के हो ?
यो महिनाको दोश्रो फुल मुन अर्थात पूर्ण चन्द्र को अवसर हो । फुलमुन महिनामा दुइ चोटी हुन्छ । तर दोश्रो पटकको लाई ब्लू मुन भनिन्छ ।
ब्लड मुन चाहि के हो  ?
चन्द्र ग्रहणको क्रममा पृथ्वीको छांयाको कारण धर्तीबाट चन्द्रमा कालो देखिन्छ ।यसैगरी कुनै समय चन्द्रमा पुरै रातो पनि देखिन्छ । यसलाई ब्लड मुन भनिन्छ ।
सन् १९८२ पछि आज यो पहिलो पटक देखिएको हो ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी

No comments:

Post a Comment