Thursday, February 1, 2018

बच्चाले खान पाएन भन्दै 911 मा फोन

 911 भन्ने वित्तिकै हामी आपतकालीन फोन कल सम्झन्छौ । तत्कालै उद्धार गर्नुपर्ने सेवाहरु । तर न्यूजर्सी राज्यमा एक आमाले आफ्नो बच्चालाई खुवाउने कुरा केही नभएको र उ भोकले रोइरहेको भन्दै ९११ मा फोन गरेर मद्धत मागेकी छिन ।
न्यूजर्सी क्यामडेन कि ति महिलाले फुड स्टाम्पको लागि आवेदन त गरेकी थिइन तर यसको प्रकृया पूरा गरेर प्राप्त गर्न एक महिना लाग्थ्यो । न त घरमा कुनै खानेकुरा थियो । न त पैसा नै । उनीसंग फोन त थियो तर सबै सेवा काटिएको फोन । जसबाट ९११ मा मात्र फोन गर्न सकिन्थ्यो । उनले आफ्नो बच्चाले हिजोदेखि केही पनि खान नपाएको भन्दै सहयोगको लागि याचना गरेकी थिइन ।
एनबीसी न्यूजका अनुसार क्यामडेन काउण्टी अफिसर डेभिड हिन्टनले उक्त महिलाको कोठामा पुगेर हेर्दा साच्चै नै केही नपाएपछि स्थानीय रेष्टुरेण्टबाट खाना किनेर मद्धत गरेका थिए । पछि केही दयालु महिलाले पैसा जम्मा गरेर १० ब्याग ग्रोसरी किनेर ति महिलालाई उपलब्ध गराएका थिए ।
डिपार्टमेण्ट अफ एग्रीकल्चर रिसर्च सर्भिसले अमेरीकाका १५.६ मिलियन परिवारले खाद्य असुरक्षा भोगरिहेको जनाएको छ ।२०१६ को यो तथ्यांक अमेरीकाको कुल परिवार संख्याको १२.३ प्रतिशत हो ।
न्यूज एजेन्सीको सहयोगमा केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment