Thursday, February 1, 2018

के ट्रंपको भाषणले रेकर्ड ब्रेक दर्शक पाएको थियो ?


अमेरीकी राष्ट्रपति डानल्ड ट्रंप ले अमेरीकी कंग्रेसमा हालै दिएको स्टेट अफ दि युनियनको स्पीचलाई इतिहासमै धेरै जनाले हेरेको उहा आफैले गरेको दाबी असत्य सावित भएको छ ।
अमेरीकाको टेलिभिजन रेटिंग सम्बन्धि आंकडाको बिष्लेषण गर्ने कम्पनी नीलसनले आंकडाले  ट्रंप को दाबीलाई गलत सावित गरेको छ ।
ट्रंप ले अहिलेसम्म सबैभन्दा धेरैजना अर्थात ४.५६ करोडले आफ्नो स्पीचलाई टीभीमा हेरेको दाबी गर्नुभएको थियो । तर नीलसनको आंकडा अनुसार पूर्व राष्ट्रपतिबाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुशको स्पीच ट्रंपको भन्दा धेरैले हेरेको प्रष्ट हुन्छ ।
तर ट्रंपको स्पीच शोसल मिडिया ट्वीटरमा पनि मानिसहरुले सुनेका थिए । ट्रंपको स्पीचलाई ४५ लाख  पटक ट्वीट गरिएको थियो ।जो आफैमा एक रेकर्ड हो ।
नीलसनका अनुसार सन २०१०मा बाराक ओबामाको स्टेट अफ दि युनियनको पहिलो स्पीचलाई ४.८ करोडले हेरेका थिए । जवकी सन १९९३ मा बिल क्लीन्टनकोको स्टेट अफ दि यूनियनको स्पीचलाई ६.६९ करोडले हेरेका थिए । जो आफैमा एक रेकर्ड हो ।
सन २००३ मा इराक युद्धको केही साता पहिले जर्ज डब्लू बुशले दिएको स्पीचलाई ६.२१ करोडले हेरेका थिए ।
नीलसनको सर्वेक्षण् १२ वटा टेलिभिजन नेटवर्कवाट प्राप्त आंकडामा आधारित छ । तर त्यो आंकडाले इन्टरनेटमा ट्रंपको भाषण हेर्नेहरुको संख्या बताउदैन ।
सीएनएनले ट्रंपको स्पीच सुरु भएको एक घण्टाभित्र ३.२ लाखले इन्टरनेटमा हेरिरहेको बताएको थियो ।
ट्वीटरले भने ट्वीटरको इतिहासमै सबैभन्दा बढी ट्रंपको भाषणले ट्रेंड पाएको बताएको छ । । ४५ लाख पटक यो ट्वीट गरिएको थियो ।
त्यसो त यसअधिका ट्रंपका त्यस्ता दाबाहरु पनि गलत सावित हुदै आएका छन् ।  रलिंग स्टोन पत्रिकामा सन २०१५ मा आफ्नो बारेमा छापिएको एक लेखमा  ट्रंपले आफ्नो नीजि विमान ७५७ अमेरीकी राष्ट्रपति कार्यालयको विमान भन्दा पनि ठूलो भएको दाबी गर्नुभएको थियो ।
तर राष्ट्रपति कार्यालयको  एयर फोर्स वन जेट विमान २२५ फुट अर्थात ६८ मिटर लामो छ जवकी ट्रंपको विमान १५३ फुटको मात्र छ । बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी लुभइभील

No comments:

Post a Comment