Wednesday, February 21, 2018

बन्दुकधारी शिक्षकले अमेरीकी बिद्यालयको सुरक्षा गर्ने !

 


अमेरीकी राष्ट्रपति डानल्ड ट्रंपले बिद्यालयलाई गन फ्रि जोन अर्थात बन्दूक निषेधित क्षेत्र अन्त्य गर्ने र शिक्षकहरुलाई बन्दूकधारी बनाउने एउटा प्रस्तावमा समर्थन जनाउनुभएको छ ।
बन्दूकबाट हुने हिंशा सम्बन्धि आज ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उहाले भन्नुभयो, 'हतियारबन्द अध्यापकले त्यस्ता हमला रोक्न सक्छन ।'
 ट्रंपले सो अवसरमा बन्दुक किन्नेहरुको पृष्ठभूमिलाई गम्भरितापूर्वक जांच गर्नुपर्ने अपीललाई पनि समर्थन जनाउनुभयो । उक्त अवसरमा ट्रंपले फ्लोरिडाको मेजररी स्टोनमन डगलस हाइस्कुलको बिद्यार्थीहरुलाई भन्नुयभो, 'हामी बन्दुक किन्न चाहनेहरुको पृष्ठभूमि जांचलाई कडाइ गर्छौ । साथै उसको मानसिक स्वास्थ्यमा पनि जोड दिन्छौ ।' उक्त कार्यक्रमको अमेरीकी टेलिभिजनहरुले प्रतक्ष्य प्रशारण गरेका थिए ।
त्यसैगरी ट्रंपले अध्यापक शिक्षकहरुलाई हतियारबन्द बनाउन दिनेबारे समर्थन गरेको प्रस्तावलाई बन्दुकको पक्षधर माानिएको संगठन नेशनल राइफल एशोसिएसनले चर्को रुपमा लविंग गर्दै आएको छ ।
ट्रंपले बिद्यालयका अध्यापक र अन्य स्टापलाई बन्दुक लिएर स्कुल जान पाउने प्रस्तावको जोडदार समर्थन गर्नुभयो, भन्नुभयो, 'हतियार चलाउन जान्ने अध्यापकले यस्ता हमला तुरुन्त रोक्न सक्छन ।'
उहांले शिक्षालयलाई गन फ्री जोन भनिदै आएकोमा पनि आलोचना गर्दै यसलाई पागलपनको संज्ञा दिनुभयो ।
केनेपाल न्यूज केन्टकी / तस्वीर: क्रेडिट एपी

No comments:

Post a Comment