Wednesday, February 21, 2018

रेडियोमा बोल्दा बोल्दै बच्चा जन्मियो


अमेरीकाको एक रेडियो प्रस्तोताले एक लाइभ शोमा बच्चा जन्माएकी छिन । अमेरीकाको सेंट लुइसको द आर्क रेडियो स्टेशनकी कार्यक्रम प्रस्तोतालाई उक्त कार्यक्रमको लागि बिशेष ब्यवस्था मिलाइएको थियो ।
रेडियो प्रस्तोता केसेड प्राक्टरलाई प्रशब पीडा सुरु भएपछि रेडियो स्टेशनले अस्पताल भर्ना गरेको थियो । अस्पताल कक्षबाटै रेडियोले बिशेष प्रशारणको प्रबन्ध गरेको थियो ।
उनले बीबीसीसंग कुरा गर्दै उक्त क्षणको शानदार अनुभव लिन पाएको बताइन । डक्टरले दिएको डेलिभरी मिति भन्दा अघिनै बच्चा हुने भएपछि अचानक शोको तयारी गर्नुपरेको  थियो ।
प्राक्टरले भनिन, आफ्नो जीवनको यस्तो दुर्लभ र बिशेष पल श्रोताहरुसंग प्रतक्ष्य बाड्नु शानदार क्षण थियो । यो मेरो जिवनको उत्कृष्ट अनुभव हो ।
उनले आफ्नो जीवनको हरेक पल श्रोताहरुसंग सेयर गर्न आफु इच्छुक भएको पनि बताइन ।
उनले आफ्नो बच्चाको नाम जेमसन राखेकी छिन । यो नाम पनि श्रोताहरुको राय सल्लाह पछि राखिएको थियो ।
बच्चा जन्म हुनु पहिले नै रेडियोमा के नाम राख्ने भनेर भोटिंग भएको थियो । कार्यक्रमका निर्देशक स्कट राडीले एक पत्रिकासंग भनेका छन, दम्पतिले चुनेको १२ नाममध्ये के राख्ने भनेर भोटिंग सुरु गरिएको थियो । जेमसन जन्मने बेला सम्म भोटिंग खुल्ला गरिएको थियो ।
केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment