Friday, February 23, 2018

केण्टकीमा 'स्टेट इमर्जेन्सी ' घोषणा


सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई  प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको सबैभन्दा ठूलो हो । बाढीले पूर्बी केण्टकीको जनजीवन प्रभावित पारेको र कयौ घरहरु डुबान भएको समाचारहरु आइरहदा  ठूलो क्षतिको विवरण आएको छैन, सन १९९७ को जस्तो ।
त्यतिबेर लुइभिल क्षेत्रमा मात्रै ५० हजार घरहरु धेरथोर बाढीबाट प्रभावित भएका थिए भने २ सय मिलियन बराबरको सम्पति क्षति भएको थियो । दशौ हजारलाई सुरक्षित स्थलमा सारिएको थियो । तीन जनाको बाढीमा मृत्यु भएको थियो ।
यसैबीच आज राति केण्टकीका गभर्नर म्याट वेभिनले स्टेट इमरजेन्सी घोषणा गरेर उद्धार र राहतमा सकृयतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । वेभिनको कार्यालयद्वारा जारी गरिएको बिज्ञप्तिमा इमर्जेन्सी अवधिमा कम्तिमा ३० दिनसम्म बाढी प्रभावितलाई राहतहोस भनेर मूल्य बृद्धि गर्न नपाउने कानुनलाई सकृय पारिएको जानकारी दिइएको छ । १७ काउण्टी र दुई शहरमा अहिलेसम्म् इमर्जेन्सी घोषणा गरिएको हो । दुइ शहरहरुमा Covington, in Kenton County, and Augusta, in Bracken County रहेका छन । त्यसैगरी १७ काउण्टीहरुमा Ballard, Boone, Campbell, Daviess, Fulton, Gallatin, Graves, Henderson, Hickman, Kenton, Lewis, Livingston, Lyon, Marshall, Ohio, Union and Webster. रहेका छन् । शनिबार राति पनि भीषण पानी पर्ने मौसम भविष्यवाणीकाबीच नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment