आफ्ना १३ छोराछोरीलाई सिक्रीर ताला मारेर बन्धक बनाइ राखेको अवस्थामा अमेरीकाको क्यालिफोर्नियाबाट आमाबुवालाई प्रहरीले आज पक्राउ गरेको छ । बन्धक बनाइएकाहरु दुइ बर्षदेखि २९ बर्षसम्मका छन् ।
लस एन्जल्सबाट ५९ माइल उत्तरपूर्व रहेको पेरीस भन्ने ठाउमा त्यसरी आफ्ना सन्तान बन्धक बनाउने ५७ बर्षीय डेबिड एलेन तुर्पीन र ४९ बर्षीय लुइस ऐना तुर्पीनलाई प्रहरीले पक्राउ गरेको हो ।
बन्धक बनाइएकी मध्ये १० बर्षीय एक बालिकाले घरबाट भागेर पुलीसलाई यसबारे जानकारी दिएकी थिइन । उद्धार गर्न गएका प्रहरीले एक दुर्गन्ध फैलिरहेको ओछ्यानमा उनीहरुलाई सिक्रीले बांधेर ताला लगाएको अवस्थामा पाएको थियो ।
उद्धार गरिएका मध्ये सात जना १८ बर्षदेखि २९ बर्षसम्मका छन् । पक्राउ परेका आमाबावुले आफ्ना सन्तानलाई त्यसरी बन्धक बनाउनुको कारणबारे अहिलेसम्म केही बताउन नचाहेको प्रहरीले बताएको छ । पीडितहरु सबै कुपोषणका शिकार भएकोले स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीरु एकदम दुब्ला देखिएको प्रहरीको भनाइ छ ।बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी
No comments:
Post a Comment