Monday, February 5, 2018

फोटो दुरुपयोगको डरलाग्दो रुप

सोसल मिडियाको कारण तपाइ हाम्रो तस्बीर जो कसैले सजिलै हात पार्न सक्छ । तर यस्तो तस्वीरको दुरुपयोग हामीले कल्पनै गर्न नसकिने ठांउमा भइरहेको हुनसक्छ ।
फेक न्यूजले समस्या निम्त्याइरहेको बेला अब डीपफेक्स अर्को टाउको दुखाइको बिषय बनेर आएको छ ।  कसैको शरीरमा बनाइएको नांगो चलचित्रहरुमा अरु कसैको तस्वीर प्रयोग गरेर पोर्न भिडियो अपलोड गर्ने प्रविधि सजिलो बनाइएपछि यसले भयंकर समस्या निम्त्याउन थालेको छ ।
यो भिडियोमा प्रयोग हुने सफ्टवेयर कम्पनीले एक महिनाभित्र एक लाख पटक त्यस्ता सफ्टवेयर डाउनलोड भएको जानकारी दिएको छ ।
यो सफ्टवेयर डाउनलोड गरेपछि जो कसैले तीन स्टेप पूरा गरेपछि कसैको तस्वीर कुनै सिनमा जोडेर फिल्म बनाउन सक्छ । तर एउटा छोटो क्लिप तयार गर्न पनि यसले ४० घण्टा समय लिन्छ ।
कसैको फोटो चयन गर्नु, एउटा कुनै भिडियो चयन गर्नु अनि समयको प्रतिक्षा गर्नु बस सफ्टवेयरले आफै भिडियो तयार पार्छ । अहिलेसम्म यस्तो प्रविधिबाट चर्चित ब्यक्तिहरुको भिडियो बनाउने गरिएको छ । यो प्रविधि धेरै अघि देखि  चलनमा आएपनि अहिले यसको सर्वसुलभताको कारण चिन्ता बढेको हो ।
हलिवुड अभिनेत्री एमा वाटसनको तस्वीर डिपफेकमा ज्यादा दुरुपयोग गरिएको छ । त्यसो त अमेरीकी राष्टपतिदेखि कयौको तस्वीर दुरुपयोग गरेर डिपफेक्स बनिसकेको छ ।
सुरुका दिनमा गुगल सर्च इन्जिनले यो सफ्टवेयर सर्च गर्न केही कठिनाइ बनाएको थियो । तर अहिले यो भन्न मुश्किल छ कि गुगलले त्यस्तो कदम अब उठाउछ कि उठाउदैन । बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी

No comments:

Post a Comment