सन २००८ को आर्थिक मन्दी पछि अमेरीकी शेयर बजार डाउ जोंस पहिलो पटक ११७५ अंकको साथमा गिरावट आएको छ ।
अमेरीकी सेयर बजारमा आर्थिक मन्दीपछि आएको यो सबैभन्दा ठूलो गिरावट हो । डाउ जोंस ४.६ प्रतिशतको गिरावटका साथ सोमबार २४,३४५.७५ अंकको साथ बन्द भएको थियो । एस एंड पी ५०० स्टक इण्डेक्स ३.८ प्रतिशत तथा नेस्डेक ३.७ प्रतिशत गिरावटको साथ बन्द भएको थियो ।
यो गिरावट पछिल्लो हप्ताको अन्त्यमा भएको नोक्सानपछि आएको हो । तलब बढ्ने सम्वन्धमा आएको आंकडापछि ब्याज दर बढ्ने अनुमान गरिएको थियो ।
यसको असर एसीयाको बजारहरुमा आज देखा पऱ्यो । जापानको निकेइ सूचकांकमा पनि गिरावट आएको छ भने आज जापानी एनको तुलनामा अमेरीकी डलर केही कमजोर देखियो ।
यसैगरी हंगकंग र अस्टेलियाको सेयर मार्केटमा पनि आज गिरावट आएको छ । समाचार एजेन्सीहरुको सहयोगमको केनेपाल केन्टकी
No comments:
Post a Comment