केन्टकीका केही महत्वपूर्ण म्युजियमहरु घुम्ने सोचमा हुनुहुन्छ भने यो फेब्रुअरी महिना तपाइको लागि महत्वपूर्ण हुनसक्छ । केन्टकीका चार म्युजियमले यो महिनाभरीनै केन्टकी र इण्डियानाका वासिन्दालाई परिचयपत्र हेरेर ५ डलरमै म्युजियम घुम्ने अफर दिएका छन् ।
The Muhammad Ali Center, Louisville Slugger Museum and Factory, Frazier History Museum and the Kentucky Center for the Performing Arts ले आफ्नो रेगुलर टिकट दरमा कटौती गरेर छुटको घोषणा गरेका हुन् । यी म्युजियमहरुको रेगुलर टिकट दर १२ डलरदेखि १५ डलरसम्म रहेको छ । तर टिकट काट्दा आफ्नो परिचयपत्र भने देखाउनुपर्नेछ । त्यहा भित्रका केही होटलहरुले समेत केही छुटको ब्यवस्था गरेका छन् । केनेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment