रिपब्लिकन र डेमोक्रेटिकका केही सांसदहरुले राज्यको राजश्व बृद्धिको लागि भन्दै केन्टकीमा क्यासिनो घर स्थापना गर्ने कानुनमा संशोधनको लागि पहल थालेका छन् । क्यासिनो खोल्न अनुमति दिनुपर्ने बील राज्य संसदमा समेत दर्ता गरिएको छ ।
'जुलाइको लास्टतिर म सडक यात्रामा निस्केको थिए,' -आर लुइभीलका रेप्रेजेन्टेटिभ जेरी मिलरले भन्नुभयो,'त्यस क्रममा मैले इण्डियाना, इलिनस र ओहायोको तीन वटा क्यासिनो घुमे । मैले त्यहा पार्किंग गरिएका कार गने । करीब ४२ प्रतिशत कार केन्टकीका थिए ।'
उहांले केन्टकीले हरेक बर्ष अरु राज्यमा मिलियन्स डलर गुमाइरहेको बताउनुभयो । उहाले केही अघि गरिएको एक अध्ययनले क्यासिनोबाट केन्टकीले हरेक बर्ष २ सय ५० मिलियन डलर जेनेरेट गर्नसक्ने देखाएको समेत जानकारी दिनुभयो ।
क्यासिनोबाट प्राप्त हुने राजश्वले केन्टकीले राज्यको पब्लिक इम्प्लोइ पेन्सन सिस्टमको फण्ड बृद्धि गर्न मद्धत गर्ने केही कानुन निर्माताहरुको तर्क छ । उक्त फण्डको लागि राज्यले आर्थिक संकट झेलिरहेको छ ।
केही कानुन निर्माताहरुले भने यसलाई नैतिकतासंग जोडेर हेरेका छन र राजश्व बृद्धिको अरु उपाय खोज्नु पर्ने तर्क गरेका छन् ।बिहीबार हिजोमात्र लबिंगको लागि चेम्वर अफ कमर्शका प्रतिनिधि, पब्लिक इम्प्लोइ ग्रुप, शिक्षा क्षेत्रका प्रतिनिधि तथा फायर फाइटरका प्रतिनिधिहरुले कानुन निर्मार्ताहरुलाई क्यासिनो संचालन गर्ने कानुन संशोधन गर्न ध्यानाकर्षण गराएका थिए ।
तर यो केन्टकीको संविधानले नै निषेध गरेकाले यसको संशोधनको लागि जनमत संग्रहमै जानुपर्ने कानुनविदहरु बताउछन ।
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:
Post a Comment