Tuesday, February 6, 2018

इलिगल इमिग्रेशनमाथि ट्रम्पले यसरी आक्रोस पोखे


इण्डियाना पोलिसमा भएको एक सडक दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि राष्ट्रपति
डोनाल्ड ट्रम्पले फेरी गैर कानुनी आप्रावासीहरुमाथि आक्रोस पोखेका छन् ।
एक कागजातविहीन आप्रावासीले रक्सी खाएर उक्त सडक दुर्घटना गराएको प्रहरीको भनाइ छ । दुर्घटनामा एडवीन ज्याक्सन सहित दुई जनाको मृत्यु भएको छ ।
ग्वाटेमालाका नागरिक म्यानुअल ओरेगो सावला (जो सन २००७ र २००९ मा यूएस पुलिसले डिपोर्टेड गरिसकेको थियो ) ले रक्सी खाएर चलाएको सवारीले ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनापछि ट्रम्पले अबैध आप्रावासी रोक्न दिवाल लगाउन ढिलाइ गर्न नहुने भन्दै ट्वीट गर्नुभएको हो ।

ट्रम्पको ट्वीट
' So disgraceful that a person illegally in our country killed linebacker Edwin Jackson. This is just one of many such preventable tragedies. We must get the Dems to get tough on the Border, and with illegal immigration, FAST!'

No comments:

Post a Comment