Tuesday, August 22, 2017

सावधान ! पसीना सुकाउन पाउडर प्रयोग गर्दै हुनुहुन्छ ? जोन्सन एण्ड जोन्सनलाई ४ सय १७ मिलियन डलर जरीवाना

धेरै नेपालीहरुबीच पनिलोकप्रीय जोन्सन एण्ड जोन्सन कम्पनीलाई एक अमेरीकी अदालतले ४ सय १७ मिलियन डलर अर्थात करीब २७ अर्ब नेपाली रुपैया बराबर जरीवाना तिर्न आदेश दिएको छ । एक महिलाले जोन्सन एण्ड जोन्सनको उत्पादन टेल्कम पाउडर प्रयोग गरेपछि आफ्नो गर्भासयमा क्यान्सर भएको दाबी गरेपछि परेको मुद्धामा अदालतले उक्त आदेश दिएको हो । अमेरीकाको क्यालिफोर्नीया अदालतको न्यायाधीशले  कम्पनीले आफ्नो उत्पादनमा क्यान्सरको चेतावनीयुक्त सन्देश नदिएकोले उक्त जरीवाना गरेको फैसलामा बताएका छन् । क्षतिपूर्तिलाई लिएर गरिएको यो फैसला अहिलेसम्मकै सबैभन्दा बढी धनराशीको हो । तर कम्पनीले उक्त फैसलालाई लिएर अदालतमा पुन अपिल गर्ने बताएको छ । कम्पनीका प्रवक्ता केरोल गुडरीचले आफूहरु बिज्ञानलाई मान्ने भएकोले उक्त फैसला विरुद्ध पुनरावेदन गरीने बताए । उनले कम्पनीका उत्पादनहरु बिज्ञान सम्मत भएको दावी गरे । पाउडरको प्रयोगले क्यान्सर भएको दावी अपूर्ण भएको उनको भनाइ छ ।
     न्यूजर्सीस्थित कम्पनीको मुख्यालयमा हजारौ महिलाहरुले पाउडरको प्रयोगपछि गर्भासयमा क्यान्सर भएको दाबी गर्दै उजुरी गरेका छन् । महिलाहरुले गुप्तांगबाट आउने पसीनाको लागि उक्त पाउडर प्रयोग गर्ने गरेको बताएका छन् । यसअघि पनि उक्त  कम्पनीलाई यस्तै केशहरुमा ३० करोड डलर जरीवाना तिराइसकिएको छ । उक्त मुद्धा हेरीरहेका वकिलका अनुसार इवा इकवेरीया नामकी महिलालाई १० बर्ष पहिले गर्भासयमा क्यान्सर भएको थियो । हाल ६३ सालकी ति महिलाले ११ बर्षदेखि बेबी पाउडरको प्रयोग गर्दै आएकी थिइन । कम्पनीलाई ७० मिलियन डलर क्षतिपूर्ति र ३ सय ४७ मिलियन डलर सजाय स्वरुप तोकिएको हो ।
बिशेषगरी अभ्रक युक्त पाउडरहरुमा क्यान्सर हुने सम्भावना रहने बैज्ञानिकहरुले बताइसकेका छन् । बीबीसी न्यूजको सहयोगमा केनेपाल समाचार डेस्क

No comments:

Post a Comment