Tuesday, August 22, 2017

गोर्खाल्याण्ड आन्दोलनकारीलाई वार्ता आह्वान

भारतको पश्चिम बंगाल सरकारले छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै ७० दिनदेखि आम हड्तालमा उत्रिएका दार्जलिड क्षेत्रका राजनीतिक दलहरुसग वार्ता गर्ने भएको छ । पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले नाबनामा २९ अगस्टमा वार्ता हुने बताइन । भारतीय पत्रिका द टेलिग्राफको अनलाइन संस्करणले दिएको जानकारी अनुसार उनले  जनजीवनलाइ पुर्ववत सामान्य अवस्थामा फर्काउन वार्ता गरिन लागेको जानकारी दिइन । यसअघि बेनर्जीले दार्जिलिडका राजनीतिक दलहरुले आम हडताल फिर्ता लिदै दैनिकि सामान्य पारेपछि मात्रै बार्ता गर्ने अडान लिदै आएकी थिइन । उनको एउटै तर्क हुन्थ्यो सरकारले वार्ताको ढोका बन्द गरेको छैन ।
उनले गोर्खा लिवेरशन फ्रन्टको पत्र पाएपछि बंगाल सरकारले वार्ताको तयारी थालेको प्रष्ट्याइन । बेनर्जीले शान्ति र विकास चाहने सबै राजनीतिक दललाई वार्तामा सहभागी हुन आह्वान गरिने जानकारी गराइन । आन्दोलनकारी नेता बिनय तामाडले भने बंगाल सरकारको वार्तावारे आधिकारी पत्र प्राप्त नभएको बताए । उनले पत्र प्राप्त भएपछि आन्दोलनकारी घटकहरुबीच वार्तामा सहभागी हुनेबारे छलफल गरिने बताए । तर आन्दोलनकारी केही दलले वार्ताप्रति अनिच्छा देखाएको समेत बताइएको छ ।  केनेपाल न्यूज

No comments:

Post a Comment