Tuesday, August 22, 2017

सुरक्षा गार्डले महिलाहरुलाई 'ब्रा देखाउ' भनेपछि.......

ब्रिटेन मा एक फुटबल फ्यान ग्रुपले एक म्याच खेलिनु अघि स्टेडियमको सुरक्षा चेकजाचको नाममा महिला प्रशंसकहरुलाइ ब्रा देखाउन दबाव दिएको आरोप लगाएको छ ।ग्रिम्सबी  टाउन फ्यान ग्रुप मारिनर्स ट्रस्टले स्टीवनेज एफसीलाई पत्र लेखेर उक्त आरोप लगाएको हो । पत्रमा लेमेक्स स्टेडियम पुगेका केही महिलाहरुलाई त्यहाका सुरक्षाकर्मीले के हामी तपाइहरुको ब्रा हेर्न सक्छौ भनेर भनेको उल्लेख गरिएको छ । स्टीवनेज एफसीले भने स्टेडियममा केही खतरनाक समूह पनि आउनसक्ने आफूहरुले सूचना पाएको बताएको छ । महिला र पुरुष प्रशंसकलाई प्रयोग गरेर स्टेडियममा प्रतिबन्धित सामान भित्राउन लागिएको सूचनाको आधारमा सुरक्षा कडा पारिएपनि ब्रा देखाउन लगाएको घटनाबारे क्लबले अनभिज्ञता जनाएको छ । तर क्लबले सीसीटीवी फुटेजको जाच गरेर वास्तविकता पत्ता लगाउने बताएको छ ।
गोपनियताको हनन
ट्रस्टले महिलाहरुको तलासी महिला सुरक्षाकर्मीहरुले नै गरेपनि त्यहा पुरुष सुरक्षाकर्मीको पनि उपस्थिति रहेकाले गोपनियताको हनन भएको आरोप लगाएको छ । समर्थकहरुले पत्रमा लेखेका छन, 'सुरक्षा गार्डले के हामी तपाइहरुको ब्रा छुन सक्छौ भने । जब हामीले उनीहरुलाइ भन्यौ हामीले अण्डरवायर ब्रा लगाएका छौ । ' चेकजाचको क्रममा बच्चाहरुको पनि पूरै शरीररको स्क्यान गरिएको उनीहरुको आरोप छ ।
खराब अनुभब
पत्रमा यो पनि भनिएको छ कि स्टेडियमको पुरुष सौचालयमा महिला गार्ड तैनाथ गरिएको थियो । जब उनीहरुलाई बाहिर जान भनियो उनीहरुले हाम्रो आग्रहलाई इन्कार गरे । सौचालय अघि कयौ पुरुष सुरक्षाकर्मी तैनाथ गरिएपनि फेरीपनि त्यहा महिला सुरक्षाकर्मी राखिएको उनीहरुको आरोप छ । मरीनर्स टस्ट बोर्डका सदस्य पल सेवेजले बीबीसीसग भने, स्टेडियम जाने ८ सय जनामा म पनि त्यहा थिए । सुरक्षाकर्मीले ३० देखि ७० सालसम्मका महिलालाई ब्रा देखाउन भनिरहेका थिए । तर महिलाहरुले इन्कार गरिरहेका थिए ।  ट्रस्टले यो अहिलेसम्मकै खराब अनुभव भएको बताएको छ । बीबीसी न्यूज सर्भिसबाट 

No comments:

Post a Comment