Thursday, August 17, 2017

सेल्फी क्यामरालाइ बिर्साउने बोथी मोवाइल आयो

क्यामरा अघि मुस्कान दिएर जीउ नहल्लाइ फोटो खिच्ने जमानालाई सेल्फीले चुनौति दिएको थियो । प्रविधिको विकाससगै रील नचाहिने र मोवाइलले नै सबै काम गर्ने स्थिति बन्दै गयो । अब सेल्फी भन्दा अघि बढेर बोथी प्रविधि भित्रिएको छ । नोकीया ८ ले उक्त प्रविधि भित्राएको हो । तपाइ पनि सेल्फीको सोखिन हुनुहुन्छ भने अब मोवाइलबाट तस्वीर लिने अर्को काइदाको लागि तयार हुनुस ।  सेल्फीले  आफ्नो वा आफुतर्फ भएका ब्यक्तिहरुको मात्र तस्विर लिन्छ र ग्रुफीले गु्रपको । तर तपाइको मोवाइलको क्यामरापछि बस्नेहरुको बारे तपाइले कहिल्यै सोच्नुभएको छ ?
हो, त्यो अब बोथीले सम्भव बनाएको छ । बोथी अर्थात बोथ साइड । यसले फोनको दुबैतर्फको दृश्य एउटै
तस्वीरमा कैद गर्छ । यो प्रविधिमा  तपाइ फोनको पछाडीको भाग र सेल्फी क्यामरा दुबै एकैचोटी प्रयोग गर्न सक्नुहुन्छ । अहिले युरोपका केही देशमा लन्च गरिएको यो फोन चाडै बिभिन्न देशमा पुर्याइने नोकियाले जनाएको छ ।
नोकियाका अनुसार
-फोनको रीयर र फ्रन्ट दुबै क्यामरा १३ मेगापिक्सलको छ ।
-क्यामराबाट फेसबुक र युटयुबमा एचडी लाइभ भिडीयो प्रशारण गर्न सकिन्छ ।
-फोनमा २५६ जीबीको माइक्रो एसडी कार्ड रर ३०९० एमएच ब्याटी जडान गरिएको छ ।
-५)३ इन्च को २ के एलसीडी डिस्प्ले, गोरिल्ला ग्लास र ३.छ एमएम हेडफोन ज्याक फोन यसमा छ ।
समाचार एजेन्सीहरुको साथ केनेपाल न्यूज डेस्क, लुइभील केन्टुकी

No comments:

Post a Comment