Saturday, August 19, 2017

अन्तरवार्ता सहित \ अमेरीका आउनेलाई सुझाव: कम्तिमा ६ महिना भाषा अध्ययन गरेर आउनुस

अमेरीकामा तीन बर्ष दोभाषेको काम गर्नु भएका युवा भरत फुयालले अमेरीकामा बसोबास गर्ने नेपालीहरुलाई भाषाले पारेका बिभिन्न अप्ठ्याराहरु नजिकबाट नियाल्नु भएको छ । आफ्ना पीडा समस्याहरु ब्यक्त गर्न नसक्नुका अप्ठ्यारा त छदैछन अर्थको अनर्थ लागि दिदा स्वास्थ्य, कानुनी लगायतका क्षेत्रहरुमा यहा नेपालीले डरलाग्दा जटील समस्या पनि भोग्नुपरेको उहाले देख्नुभएको छ । केन्टुकीको लुइभीलमा बसोबास गर्दै आउनु भएका फुयालसग केनेपालका लागि बिष्णु कार्कीले गरेको कुराकानीको संपादीत अंश । (अमेरीकाको कतिपय सरकारी तथा गैर सरकारी प्रतिष्ठानहरुमा दोभाषे इन्टरपेटरको सुविधा लिन सकिन्छ ।)
इन्टरपेटर पेशाबारे बताइदिनुस न 

इन्टरपेटर अर्थात दोभाषे बिभिन्न किसिमका हुन्छन । सुरुमा मैले अमेरीकामा आएका नया इमिग्रेन्टसहरुलाई सेटलमेण्ट गराउने संस्थामा काम गरे । त्यसपछि एक बर्ष जति लिगल इन्टरपेटरको काम गरे । विशेषगरी मैले नेपाली भाषी समुदायसग काम गरे । इन्टरपेटरको काम दुइ पक्षले बोलेका कुराहरु अनुवाद गरेर एक अर्कालाई बुझाउनु नै हो । अमेरीकामा कतिपय संस्था प्रतिष्ठानले यस किसिमको सेवा सुविधा दिएका छन् । तर नेपाली भाषाको ज्ञान नै नहुने हिन्दी उर्दु भाषीले पनि नेपालीभाषीको लागि इन्टरपेटर गरेको पाइएको छ । यस्ता विकृतिहरु पनि छन् यो क्षेत्रमा ।
तीन बर्षमा कति जति नेपालीभाषीलाई सहयोग गर्नु भयो ?
म सग ठ्याक्कै संख्या त छैन । तर यो संख्या आठ सय नाघेको हुनुपर्छ ।
यो क्रममा नेपालीभाषी समुदायले भाषीक समस्याका कारण कस्ता कस्ता समस्या भोगेको पाउनुभयो ?
आफ्नो दुखपीडा खुलस्त भन्न नसक्दा धेरै समस्या भोग्नुपरेको छ । साधारण टाउको दुखेको कुरा चिकित्सकसग प्रष्टसग राख्न नसक्दा मेन्टलको दवाइ खानुपरेको केशहरु पनि पाइयो । साधारण टाफिक केशमा पनि जजसग सही तरीकाले प्रस्तुत हुन नसक्दा जरीवाना तिर्नु परेको पनि देखेको छु । भाषाले पारेको समस्याहरु जटील छन ।
कुनै अविस्मरणीय बिषय पनि छन, इन्टरपेटर गर्दा 
  एकजना नेपाली भाषी लागु पदार्थ दुब्र्यसनीको आक्रामणमा झण्डै पर्नु परेको थियो । दुब्र्यसनीको कारण मेन्टल समस्या  भोग्नुपरेपछि उपचार सहित सुधार गृहमा राखिएका उनी एक दिन म लगायत सुरक्षा गार्डहरुमाथिनै आक्रामण उत्रिए । त्यस्ता धेरै केश छन ।
अन्त्यमा अमेरीका आउने योजनामा रहेका नेपालीहरुलाई केही सुझाव दिनुस न ।
कमसेकम ६ महिना जति अमेरीकन इंगलिसको अध्ययन गरेर आउनुस । हामी बि्रटिस इंगलिस पढेर आउनेहरु जतिसुकै अंग्रेजीमा दक्ष भएपनि यहा आएपछि केही समय अलमलिन्छौ । यहा धेरै स्ल्याड वर्डहरु युज हुन्छ । अमेरीकन डिस्कनरी , स्ल्याड शब्दावलीका साथै यहाको उच्चारण अभ्यास गरेर आउदा धेरै फाइदा पुग्छ ।  अमेरीका पसेपछि ति सब गर्छु भन्यो भने धेरैपछि परिन्छ ।यहाको रफ्तारमा आफुलाइ ढाल्ने हो भने उतै तयारी गरेर आउनुपर्छ । कयौ विद्वत बर्गहरु पनि सुरुमा यहा आएपछि भाषाको समस्यामा परेको पाइएको छ ।

No comments:

Post a Comment