Saturday, August 19, 2017

एकदमै घतलाग्ने पाचवटा जोक्स

 छुट्टीको पूर्व सन्ध्यामा यहाहरुको लागि ५ जोक्स प्रस्तुत गरिएको छ । जोक्सहरु पढेर तपाइहरुलाई पूर्ण मनोरन्जन हुनेछ भन्ने हामीले विश्वास लिएका छौ ।


भिखारी - के हुदैछ साहेब हजुर पहिले सय रुपैया भीख दिनुहुन्थ्यो । त्यसपछि ५० मा झर्नु भो । त्यसपछि २५ र अब १० रुपैया मात्रै ।
भलादमी - पहिले म अविवाहित थिए त्यसैले सय दिन्थे । विवाह भयो ५० दिन थाले । एक बच्चा भयो २५ र अब दोश्रो बच्चा भयो त्यसैले १० रुपैया दिदैछु ।
भिखारी - वा !  साहेब पुरै परिवारलाई मेरो पैसाले मोज गराउनुस ।
========================================================================
एउटा गरीबलाई जिन्दगी देखि सारै दिक्क लागेछ । उ भन्छ ,यस्तो जीवन भन्दा त मृत्यु नै जाती
त्यत्तिकैमा यमदूत टुप्लुक्क आइपुग्छन र भन्छन तिमीलाई लिन आएको
गरीब  -ल अब गरीबले मजाक पनि गर्न पाउदैन ।
========================================================================

दराजमा घर मालिकले लेखेको रछ । यसलाई तोडफोड गर्नु जरुरी छैन । स्वीच दाब्ने वित्तिकै आफै खुल्छ ।  एकदिन घरमा चोर पस्यो । दराज फुटाउनै लागेको थ्यो । त्यो म्यासेज पढेछ । र उसले उक्त स्विच दबायो । बटम दबाउने वित्तिकै पुलिस आइपुग्यो ।
पुलिस  - तिमिलाई आफ्नो सफाइमा केही भन्नु छ ।
 चोर-  मा कसम सर आज मान्छेको इन्सानियतबाट विश्वास टुट्यो ।
========================================================================

पत्नी (एकदम प्यारो स्वरमा )मैले सुनेको स्वर्गमा  पति- पत्नीलाई एकै साथ बस्न दिदैनरे !
पति - धेत पगली त्यसैले त त्यसलाई स्वर्ग भनिन्छ नि !
=======================================================================

एउटा केटा राम मन्दिर गएर एकदम रुन्छ ।
हे राम मेरी गर्लफ्रेण्ड हराइन मलाइ मद्धत गर्नुपर्यो ।
भगवान राम प्रकट हुन्छन र भन्छन, - अर्को पट्टी हनुमानको मन्दिर छ । त्यहा जाउ र केस दर्ता गराउ । मेरीवाली (सीता ) लाई खोज्न पनि उसैले मद्धत गरेको थियो ।
========================================================================

र अन्त्यमा बिज्ञानले भन्छ पानी उमालेर पियो भने किटाणु मर्छ । तर बिज्ञानलाइ के थाहा किटाणु मरेपनि त्यसको मृत शरीर त पानीमै हुन्छ नि ।
========================================================================
पाठकबृन्द चुटकीला रमाइलो लागे लाइक र सेयर गरेर हाम्रो हौसला बुलन्द पार्दिनु होला । आखिर बाड्नुमै त खुशीको मज्जा ।
केनेपालका लागि मनोरन्जन डेस्क 

No comments:

Post a Comment