अब तपाइले सबै कुरा सम्झीरहनु जरुरी छैन । प्रविधिको विकाससगै छुमन्तरको शैलीमा फोनमा छुने वित्तिकै तपाइले दिन खोजेको जानकारी अर्को पक्षले पाउनेछ । तर त्यसको लागि तपाइले शरीरमा माइक्रो चीप जडान गर्नुपर्नेछ । जसलाई रेडियो फि्रक्वेन्सी आइडेन्टिफिकेसन चीप वा आरएफआइडी चीप पनि भनिन्छ । अमेरीकामा यसै हप्ता एक कम्पनीले आफ्ना कर्मचारीलाई त्यस्तो प्रविधि शरीरमा लाउन निर्देशन समेत दिएको छ । जुन कर्मचारीको शरीरमा यो जडान गरिन्छ उसले कन्टेक्टलेस स्मार्ट कार्ड जस्तै काम गर्न सुरु गर्छ । उक्त चीप शरीरमा लाएपछि कम्प्युटरमा भएको सबै विवरण कम्प्युटरको प्रयोग बिनानै उक्त कर्मचारीले बताउन सक्छ । तर यो प्रविधि कर्मचारीको सहमतिमा मात्रै जडान गरिन्छ ।
मोजिला कम्पनीमा काम गर्ने कर्मचारी विलियम्सले आफ्नो सहमतिमा हातमा आरएफआइडी चीप लगाएकी थिइन । उनले भनिन, 'मेरो स्मरणशक्ति एकदमै कमजोर थियो । हरेक नम्वर र जानकारी राख्नु मेरो लागि एकदमै कठिन कार्य थियो । जब यो चीप लगाए मेरो जिन्दगी एकदमै सहज भएको छ ।' विलियम्सलाई आफ्नो कुनै जानकारी दिनु छ भने उनी फोनलाई छुन्छिन । उनको सबै जानकारी फोनमा जान्छ । यस्तो चीप्स जडान गर्नेहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ । यो चीप्स बनाउने कम्पनी डेन्जरस थिंग्सले १० हजार चीप्स बेचिसकेको बताएको छ ।
अमेरीकाको थ्री स्क्वायर मार्केट नामको कम्पनीले आफ्ना सबै कर्मचारीलाई यो चीप्स हातमा जडान गर्ने प्रयास सुरु गरेको छ । अहिलेसम्म ५० कर्मचारीले यो चीप जडान गर्न सहमति दिइसकेका छन । बीबीसीको सहयोगमा केनेपाल डेस्क

No comments:
Post a Comment