Sunday, August 20, 2017

आज सूर्यग्रहण / तीस गुणा अध्यारो

अमेरीकामा झण्डै एक शताब्दीपछि  पूर्ण सूर्यग्रहण देखिदैछ । २१ अगस्टमा देखिने यो सूर्य ग्रहण हेर्न विश्वभरीबाट करीब ७० लाख जना अमेरीकाको विभिन्न शरहमा आइपुगेको अनुमान गरिएको छ । यहा
अधिकांश उद्योग धन्धा कल कारखानाले आफ्ना कामदारलाइ सूर्यग्रहण हेर्न केही घण्टा छुट्टी समेत दिएका छन् । सन १९१८ पछि पहिलो चोटी उत्तरी अमेरीकी महाव्दीपको पूरै भागमा पूर्ण सूर्य ग्रहण देखिदैछ । विरलै देखिने यो खगोलीय घटनालाई प्रतक्ष्य हेर्न अमेरीकीहरुले तिव्र प्रतिक्षा गरिरहेका छन । यहाका स्थानीय सपिंग सेन्टरहस्लाई सूर्यग्रहण हेर्दा लगाइने चश्मा आफ्ना ग्राहकको माग बमोजिम पुर्याउन समेत धौ धौ परेको थियो । अमेरीकी बैज्ञानिक संस्था नाशाले पहिलो पटक ८० हजार फिटको उचाइबाट ग्रहणको प्रतक्ष्य प्रशारण गर्दैछ । नासाले हवाइजहाज मार्फत पनि ग्रहणको पिछा गर्ने जनाएको छ । ग्रहणको समयमा ५० हजार फिट उचाइमा सामान्य भन्दा ३० गुणा बढी अध्यारो हुने बैज्ञानिकहरुले बनाएका छन् ।

No comments:

Post a Comment