Wednesday, August 23, 2017

एउटै समोसा १ सय ५३ किलोको

एउटा समोसा कत्रोसम्म होला भन्ने तपाइलाई लाग्छ  ? हामीले दैनिक जीवनमा देखेको अथवा हामीले खाने गरेको फुच्चे समोसाको तौलबारे त हामी जानकार छौ । तर एउटै समोसा १ सय ५३ किलोग्रामको बन्यो भने नि !  हो लण्डनमा १५३.१ किलोग्रामको समोसा बनाइएको छ । र यो समोसालाई अहिलेसम्म बनेको सबैभन्दा ठूलो समोसाको मान्यता दिदै गिनिज बुकमा रेकर्ड गरिएको छ । यसअघि ११० . ८ किलोग्राम तौलको समोसालाइ विश्वकै सबैभन्दा ठूलो मानिएको थियो ।
आफूले बनाएको समोसाले गिनिज बुकमा नाम लेखाएपछि  फरीद इस्लामले भने, 'पहिले त मलाइ यो बनाउनु सामान्य होला जस्तो लाग्थ्यो । समोसाको भित्रि भाग भर्यो । बन्द गर्यो र तेलमा चोपल्यो । तर बेलायतभरीनै यो समोसा अट्ने भाडा पाइएन । यो पकाउनको लागि विशेष भाडा नै बनाउनु पर्यो ।'  यो समोसा बनाउन १५ घण्टा समय लागेको उनले बताए ।
फेरी समोसाको लागि गिनिज बुकले आफ्नै किसिमको शर्त राखेको थियो । उसको शर्त यस्तो थियो , 'यो समोसा जस्तै तीनकुने आकारको हुनुपर्छ । यसमा आटा, प्याज र मटर मिसाएको हुनुपर्छ । यसलाइ तेलमा तार्नै पर्छ । तेलमा तारेपछि पनि यसको आकारमा परिवर्तन हुनुहुदैन । र यो बनेको समोसा मान्छेले खाएर सिध्याउनुपर्छ ।'
वल्ड रेकड बनेपछि यसलाई प्लेटमा राखेर सयौ स्थानीयलाइ बाडिएको थियो । समाचार संस्था एएफपीको सहयोगमा केनेपाल न्यूज 

No comments:

Post a Comment