अमेरीकी राष्टपति डानल्ड ट्रंपले आप्रवासी नियन्त्रणको लागि सरकारनै ठप्प पार्नेसम्मको चेतावनी दिएका छन् । उनले अमेरीकी जनताले आफूलाई आप्रवासी प्रवेश नियन्त्रण गर्न भोट दिएको समेत दाबी गरे ।
एरीजोना राज्यको फिनिक्समा आयोजित 'मेक अमेरीका ग्रेट एगेन' र्यालीलाई सम्वोधन गर्दै उनले जसरी पनि मेक्सिकोको सीमामा दीवाल खडा गरिने बताए । उनले अबैध रुपमा अमेरीका प्रवेश गर्नेहरुलाई रोक्न मेक्सिकोको सीमामा उनकै शब्दमा 'एक विशाल र शानदार दीवाल'
लगाउने उनको योजनालाई संसदले साथ दिनुपर्ने जिकिर गरे । दिवाल लगाउने सरकारी खर्चको उक्त बिधेयक पास गर्न विपक्षी डेमोक्रेट सांसदहरुको पनि सहमति जरुरी पर्छ । जसको सम्भावना अत्यन्त न्यून छ ।
'डेमोक्रेट सदस्यहरु दिवाल लगाउने योजनाको विरोध गरेर अमेरीकालाई सुरक्षा जोखिममा धकेलिरहेका छन्', उनले भाषणमा भने, 'जरुरी पर्यो भने सरकारनै ठप्प पार्ने सम्मको खतरा मोलिन्छ । ' कंग्रेसले पठाएको विधेयकमा राष्टपतिले हस्ताक्षर नगरे सरकार ठप्प हुन्छ । अमेरीकी संसदमा यसै सत्रमा नया बजेटबारे छलफल सुरु हुनुपर्छ ।
जवसम्म यो पास हुदैन एक अक्टुबरबाट सबै गतिविधि ठप्प हुन्छ । उनको संकेत यतातिर भएको बिष्लेषकहरुको अनुमान छ । बीबीसी न्यूजको सहयोगमा केनेपाल डेस्क

No comments:
Post a Comment