Thursday, August 24, 2017

घरै बसेर यसरी डिप्रेसन चेक गर्नुस

के तपाइ विस्तारै डिप्रेसनको शिकार बन्दै हुनुहुन्छ  ? यो पत्ता लगाउन गुगलले तपाईलाई मद्धत गर्नेछ । एकदम छिट्टै डिप्रेसन सर्च गर्नेहरुलाई गुगलले केही प्रश्न सोधेर उ डिप्रेसन पीडित हो या होइन भन्ने पत्ता लगाउन मद्धत गर्नेछ । डिप्रेसन सर्च गर्नेहरुलाई गुगलमा एउटा लिंक देखिनेछ,' पत्ता लगाउनुस तपाइलाई डिप्रेसन छ कि छैन ।'  त्यसमा क्लिक गर्नुभयो भने तपाई गुगलको प्रश्नहरुमा पुग्नुहुनेछ ।
यसको लागि गुगलले अमेरीकाको नेशनल यलायन्स अन मेन्टल इलनेश 'नामी' सग सहकार्य गरेको छ । यो प्रयोग सुरुमा अमेरीकी युजर्सको लागि मात्र हुनेछ । यसमा ९ वटा प्रश्न हुनेछ । त्यसैले यसलाई पीएचक्यू- ९ नाम दिइएको छ अर्थात पेसेन्ट हेल्थ क्वेश्चनयार ।
नामीले भनेको छ ',यो टुलले मद्धत गर्नेछ । तर यो पनि जान्नु जरुरी छ कि पीएचक्यू -९ मात्रै डिप्रेसनको पुष्टिको लागि काफि नहुन सक्छ ।'  प्रश्नहरु तपाइको रुचीलाई लिएर सामान्य किसिमका हुनेछन ।  नामीले भनेको छ, 'यसलाई यसरी हेरीनु हुदैन कि यसले एउटा बिज्ञ डाक्टरको ठाउ लिन्छ । यसले पीडित पहिचान गर्न एकदम छिट्टो मद्धत गर्नेछ ।'
डिप्रेसन अर्थात उदासीको समस्या दिनप्रतिदिन जटील बन्दै गइरहेको बेला गुगलले ल्याउन लागेको यो सेवा एकदम प्रभावकारी हुने बताइएको छ । प्रतिक्षा गर्नुहोस र मौकाको फाइदा उठाउनुहोस । गुड लक । बीबीसी न्यूजका साथ केनेपाल सूचना डेस्क लुइभील केन्टुकी

No comments:

Post a Comment