अमेरीकाको मिसिगनस्थित रोजविलमा एक १० बर्षे बालकले फिल्म कोदृश्यको नक्कल गर्दै आफ्नो डुबिरहेको २ बर्षे भाइको ज्यान जोगाएका छन् । जेकब अकोनर नामका ति बालकले आफ्नो दुई बर्षे भाईलाई स्विमिंग पुलबाट उद्धार गरेका हुन् । पानीमा डुबीरहका भाइलाई उनले सेन एडीसन फिल्मको दृश्य स्मरण गर्दै बचाएका हुन् । ड्वेन जोनसन उर्फ द रकको उक्त फिल्मलाई ति बालकले हेरेका थिए । उक्त घटना सुनेपछि ड्वेन जोन्सनले ट्वीट गरेर ति शाहसी बालकको प्रंशसा गरेका छन् ।
बालककी आमा क्रिस्टा ओकोनरले आफ्नो छोराप्रति आफूलाई गर्ब भएको बताउदै उसको प्रशंसामा आफुसग कुनै शब्द नभएको बताइन । आमा अफिस गएको बेला हजुरआमा अनि आठ बर्षे र दुई बर्षे भाइसगै घरमा रहेका १० बर्षे जेकबले गार्डेनमा खेलीरहेका आफ्ना दुई बर्षे भाइलाइ स्विमिंग पुलमा खसेको देखेका थिए । लगत्तै पानीमा हाम फालेर भाइलाई बाहिर ल्याएका उनले फिल्ममा जस्तै भाइको छातीमा दाबेर उनले निलेको पानी बाहिर ल्याउने प्रयास गरेका थिए । उनले भने, 'उक्त फिल्मको एक दृश्यमा भूकम्पपछि आएको सुनामीमा एक केटी डुबेको दृश्य मेरो दिमागमा त्यतिबेर आयो ।'
भाइको छातीमा जति दबाउदा पनि होस नआएपछि उनले हजुरआमालाइ खबर गरेका थिए । अस्पतालमा उपचाररत ति बालकको स्वास्थ्यमा क्रमिक सुधार आउदै गरेको छ । श्रोत- बीबीसी न्यूज ,
केनेपाल न्यूज डेस्क

No comments:
Post a Comment