उत्तर अमेरीकाको इतिहासमा सबैभन्दा ठूलो धनराशीको चिट्ठा जित्ने महिलाले आफ्नो जागीर त्याग गरेकी छिन । ५३ बर्षकी माविस वांकजिकले ७८७ .७ मिलियन डलर अर्थात ५१ अर्ब नेपाली रुपैया भन्दा बढी धनरासीको चिट्ठा जितेकी हुन् । उनले म्यासाचुसेटसस्थित सिकोपीमा एक ग्यास स्टेशन बाट चिट्ठा किनेकी थिइन । उनले संचारमाध्यमहरुलाइ बताए अनुसार माविसको ६, ७, १६, २३, २६ र ४ लक्की नम्वर थियो । यसअघि २०१६ को जनबरीमा अमेरीकन पावरबल ज्याकपटमा १. ६ बिलियन डलरको लटर घोषणा गरिएको थियो । तर यो तीन टीकट होल्डर्सलाइ बाडिएको थियो । चिट्ठा जितेपछि उनले भनिन, 'घर बसेर आराम गर्ने मेरो सपना थियो जो आज पुरा भयो ।' उनले आफन्तको जन्मदिनलाई नम्वरमा बदलेर उक्त नम्वरको चिट्ठा किनेकी थिइन । उनले अगाडी थपिन, 'मैले ३२ बर्षसम्म मेडिकल सेन्टरमा काम गरे । अब म त्यहा फर्किन्न । बाकी जीवन ओछ्यानमा पल्टेर बिताउछु ।'
माविसले आफ्नो लगत्तैको योजना सुनाउदै भनिन, 'पछिल्लो बर्ष एउटा नया कार किस्तामा किनेको थिए । अब त्यसको सबै पैसा एकैपटक तिर्छु ।' बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज डेस्क लुइभील केन्टुकी
माविसले आफ्नो लगत्तैको योजना सुनाउदै भनिन, 'पछिल्लो बर्ष एउटा नया कार किस्तामा किनेको थिए । अब त्यसको सबै पैसा एकैपटक तिर्छु ।' बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज डेस्क लुइभील केन्टुकी
No comments:
Post a Comment