Monday, August 28, 2017

नास्कद्वारा बाढीपिडीतलाई दुई लाख बढी सहयोग

नेपाल अमेरीका सोसाइटी अफ केन्टुकी (नास्क) ले नेपालका बाढी पीडितलाई दुई लाख बढी नगद सहयोग गरेको छ । नास्कले केन्टुकीको लुइभील क्षेत्रका नेपालीहरुबाट उक्त सहयोग रकम जम्मा गरेको थियो । पूर्व घोषित योजना अनुसार आज सोमबार उक्त रकम धुर्मस सुन्तली फाउण्डेसनलाई मनिग्राम मार्फत हस्ताण्तरण गरिएको हो । नास्कका सदस्य बद्री दाहालले २ लाख १ हजार ८ सय १ रुयैया मनिग्राम मार्फत फाउण्डेसनलाई पठाइएको जानकारी दिनुभयो । अगस्टको दोश्रोसातातिरको अविरल बर्षाले नेपालको बिशेषगरी तराइ क्षेत्रमा बाढी र डुवानबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो । बाढीपहिरोमा परी १ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । कयौ घरबारविहिन भएका थिए ।
नास्कका अध्यक्ष प्रकास भेटवालले मातृभूमिमा विपत परेका बेला सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाले छोटो समयमा नास्कका सदस्य तथा शुभचिन्तकले देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । लुइभीलका नेपालीहरुको साझा संस्था नास्कले यसअघिको महाभूकम्पको बेला पनि सहयोग गरेको थियो । यसैबीच स्थानीय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि बाढी पीडितको लागि सहयोग जम्मा गरिरहेका छन् । इच्छुक सबैलाई सहयोग गर्न विद्यार्थीहरुले अनुरोध गरेका छन् । केनेपाल न्यूज लुइभील केन्टुकी

No comments:

Post a Comment