Friday, August 18, 2017

ग्रहण भ्रम र यथार्थ; ९९ बर्षपछि अमेरीकी महाव्दीपमा पूर्ण सूर्यग्रहण

यही अगस्ट २१ मा सन २०१७ को दोश्रो सूर्यग्रहण लाग्दैछ । चन्द्रग्रहणको दुई सातापछि सूर्यग्रहण लाग्ने गर्छ । ९९ बर्षपछि  अमेरीकी महा
व्दीपमा पूर्ण सूर्यग्रहण देखिन लागेको हो ।
२१ अगस्टको विहान १० वजेर १५ मिनेटदेखि सुरु हुने सूर्यग्रहण २ बजेर ५० मिनेटमा समाप्त हुनेछ । नेपालतिर भने यो सूर्यग्रहण नदेखिने वा पूर्णसूर्यग्रहण नहुने बताइएको छ ।
खगोलशास्त्र अनुसार १८ बर्ष १८ दिनको समयावधिमा ४१ सूर्यग्रहण र २९ चन्द्रग्रहण लाग्छ । एक बर्षमा ५ सूर्यग्रहण र २ चन्द्रग्रहण सम्म लाग्ने गर्छ । एक बर्षमा कम्तिमा दुई सूर्यग्रहण त लाग्छ नै । कुनै बर्ष दुई ग्रहणमात्र परे त्यो सूर्यग्रहण हुनेछ ।
बैज्ञानिकका अनुसार कुनै खगोलीय पिंडको पूर्ण वा आंशिक रुप कुनै अन्य पिंडले ढाकिनु वा पिंडको पछाडी आउनुलाई ग्रहण भनिन्छ । सूर्यग्रहण तब हुन्छ जब पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा आउछ । यस्तो बेलामा पृथ्वीको कुनै कुनै भागमा सूर्य देखिदैन । जव सूर्य पूर्ण वा आंशिक रुपमा चन्द्रमाद्वारा ढाकिन्छ वा चन्द्रमाको छायामा पर्छ त्यसलाई पूर्ण वा अंाशिक सूर्यग्रहण भनिन्छ । 
सूर्यग्रहण तीन प्रकारको हुन्छ । पूर्ण सूर्यग्रहण, आंशिक सूर्यग्रहण र बलायकार सूर्यग्रहण ।
सूर्यग्रहणमा नांगो आखाले सूर्यलाई नहेर्नु भन्ने बैज्ञानिक मान्यता छ भने हामीकहा यसको छुट्टै धार्मिक र परम्परागत मान्यता समेत छ । ग्रहणको समयमा कुनै पनि खानेकुरा नखानु र तयारी बनाएर नराख्नु भन्ने नेपालतिर मान्यता छ ।  ग्रहणपछि पवित्र नदीनालामा स्नान गरी गरीब र ब्राम्हणलाइ दान दिदा ग्रहणको प्रभाव पर्दैन पनि भनिन्छ । सूर्यग्रहणमा कुनै पनि शुभ कार्य नथाल्नु र फूल, पत्ता नतोड्नु भन्नेपनि नेपालतिर मान्यता रहेको छ । 
बिष्णु कार्की \ केनेपाल न्यूजको लागि

No comments:

Post a Comment