स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई बिरामी भएर बीर अस्पतालको बेडमा उपचार गराइरहेको तस्वीर देखे । फेसबुकमा कसैले पोष्ट गरेको रहेछ । गिरी दाइसगको मेरो चिनाजानी एक दशक पुरानो हो । उहा जनमोर्चा नेपालको नेता हुदा उहाको पार्टीले लाहानबाट पूर्व साप्ताहिक प्रकाशन गथ्र्यो । म त्यतिबेर अन्नपूर्ण पोष्ट दैनिकको लाहान समाचारदाता थिए । रामरीझन यादब, निर्मल बराल, राजन ढुंगाना , मणी विश्वकर्मा लगायतका सहयोगी साथीहरुको कारण पूर्व साप्ताहिकलाई कहिलेकाही सहयोग गर्थे । त्यसै क्रममा गिरी दाइसग चीनजान भयो । उहाको सम्पादकत्वमा जनएकता साप्ताहिक काठमाडौबाट प्रकाशन भइरहेको थियो त्यतिबेला । संगठनको क्रममा पूर्वतिर आइरहनुहुन्थ्यो । एकदिन काठमाडौबाट आउदा संयोगबस एउटै बसमा आइयो । बाटोमा गिरी दाइकै अफरमा सगै दहीच्यूरा पनि खाइएकोथ्यो । उहासग बाक्लै भेटघाट भइरहन्थ्यो लाहानतिर । एकदमै सादगी लाग्थ्यो उहाको दिनचर्या । अरुले पनि उहाको सामान्य जीवनशैलीको तारीफ गर्थे । उहा पहिलो पटक स्वास्थ्यमन्त्री हुदा म काठमाडौ मै थिए । तर कहिल्यै म उहालाइ भेटन गइन । सत्तामा पुगेपछि मान्छे बदलिन्छ भन्थे । त्यसैले डर लाग्थ्यो, पहिलेको जस्तो आत्मीयता उहाबाट पाइदैनकि जस्तो लाग्थ्यो । सत्य के हो परीक्षण गरीन । तर उहाले त्यतिबेर स्वास्थ्य क्षेत्रमा गरेको सुधारको प्रयास प्रशंसनीयनै थियो । उहा अहिले फेरी स्वास्थ्यमन्त्री हुनुभाछ । र त्यो फेसबुकमा पोष्ट भएको तस्वीरले मेरो ध्यान तान्यो । सामान्य रुघाखोकी लाग्दा पनि उपचारको क्रममा विदेशीने वा स्वदेशमै पनि महंगा नर्सिग होममा उपचार खोज्न जाने नेताहरुलाई प्रेरणा हो त्यो । आफ्नै स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय बनाउनुको साटो विदेशतिर गुणस्तरीय स्वास्थ्य खोज्न जाने विकृतिको अन्त्य गर्नुपर्छ । सरकारी अस्पतालहरु विपन्न र निमुखाको लागि मात्रै हो भन्ने मान्यतामा सुधार हुनैपर्छ । गिरी दाई तपाइको सरकारी अस्पतालमा उपचार गराउने यो प्रयास सरहानानीय छ । अरु नेताले पनि सिकुन यसबाट । शिघ्र स्वास्थ्य लाभको कामना । बिष्णु कार्की केनेपालका लागि
Subscribe to:
Post Comments (Atom)
-
सधैझै आज पनि एकदम नया र हास उठ्ने जोक्सहरु प्रस्तुत गरिएको छ । आहा भन्ने खालको रहेछ भने लाइक र सेयर गर्दिनु होला । एकजना गांउले ठिटो श...
-
शिकागोबाट हंगकंगको लागि उडेको यूनाइटेड एयरलाइन्सको एक विमान एक यात्रुले सौचालय फोहोर गरेको कारण आकस्मिक अवतरण गर्नुपरेको छ । भियतनामीम...
-
मोवाइल फोनको ब्लूटूथ अन राख्नु खतरनाब सावित हुनसक्छ । सेक्योरेटी कम्पनी अर्मिसका शोधकर्ताहरुको समूहले एउटा यस्तो मेलवेयरको पत्ता लगाएका छन्...

No comments:
Post a Comment