Saturday, August 26, 2017

हासो थाम्न नसके नपढ्दै बेस

आइतबारलाई रमाइलो बनाउन आज चार वटा हासउट्ठने जोक्सहरु यहा प्रस्तुत गरिएको छ । ह्याप्पी विकेन्ड सबैलाई

पत्नी पतिसग छोराको नराम्रो बानीबारे कुरा लाउदै
पत्नी - छोराको बानी बिग्रेजस्तो छ है । भन्द्याछु नि । पैसा देख्नै नहुने भाछ । आजकाल त पतालमा लुकाएपनि पैसा पत्ता लगाउछ । राख्ने ठाउ नै पाउन छाडिसके ।
पति  - गदाहाको किताबमा हाल्देउ न कमसेकम परीक्षासम्म त पैसा सुरक्षित हुन्छ नि !


बजारतिर गाको एउटा मान्छे आपतै परेपछि ट्वाइलेट गर्न एउटा कलेजमा छिरेछ ।
कलेजको ट्वाइलेटमा उ छिर्यो र ट्वाइलेट गर्न सिटमा बस्यो
सामुन्ने दिवालमा लेखिएको रहेछ 
'यस्तो बल पढ्नमा लगाएको भए आज ट्वाइलेटको हैन कुनै घुम्ने सिटमा बसिरहेको भेटिन्थिस होला ।'

गाडीमा ग्यास पेटोल हाल्न जानेहरु बोर्डमा लेखिएको सूचना हेर्दै आफ्ना पत्नीलाई गाडीबाट उतार्दै ग्यास भर्ने ठाउतिर अघि बढ्दा रहेछन । एउटा मान्छेलाई त्यो दृश्यले एकदमै घत लागेछ । हैन पेटोल हाल्दा त स्वास्नीहरुलाई उतार्नु पर्दैन त । त्यो मान्छेले कार चालकहरुले हेरीरहेको अगाडीको बोर्ड हेर्ने निधो गरेछ । त्यहा लेखिएको रहेछ ' कृपया आगो लगाउने कुनैपनि चीजलाई यस क्षेत्रबाट टाढै राखौ'


प्रहरी - छिमेकीको स्वास्नी पो बेपत्ता भइ त तिमि चै किन रिपोर्ट लेखाउन यहा आएको । के उसलाई सन्चो छैन ?
छिमेकी - किन सन्चो नहुनु हजुर । म त त्यस्को खुशी देखेर जलिसके । मुला हरेक दिन पार्टी दिइरहेछ ।

र अन्त्यमा
आमातिर थाल सारेर एउटा रोटी हाल्दिनुस न भन्दा आमाले दुईवटा रोटी थपिदिदा मेरो आमा अनपढ हुनुहुन्छ भन्ने बाल्यकालको सोचाइ आज ठूलो भएर परदेसिदा हरेक पटक खाना खाने बेलामा अड्कन्छि ।
केनेपालको लागि मनोरन्जन डेस्कको प्रस्तुति

No comments:

Post a Comment