Sunday, September 10, 2017

इर्मा राक्षसी आंधी- राष्ट्रपति ट्रंप / आंधीपछि फ्लोरीडामा भीषण बर्षा


क्यारेवियाइ द्वीपमा ठूलो बिध्वंस मच्याएर अमेरीकाको फ्लोरीडा छिरेको इर्मा आंधीले त्यहा तीन जनाको ज्यान लिएको छ । आंधी पछि फ्लोरिडामा भीषण बर्षा भइरहेको छ । यद्यपी इर्मा तुफानलाई डाउनग्रेड गरेर तेश्रो क्याटगोरीमा राखिएको छ । आधीमा चल्ने हावाको रफ्तारलाई बैज्ञानिकहरुले १ देखि ६ क्याटोगरीसम्म बिभाजन गरेर हेर्छन । फ्लोरीडास्थित तटमा २ सय किलोमिटर प्रतिघण्टामा हावा बहिरहेको छ । त्यहाको २५ लाख घर बिजुलीविहीन बनेको बताइएको छ । आंधीअघि फ्लोरीडाका ६३ लाख  जनालाई सुरक्षित स्थानमा सर्न भनिएको थियो ।
केप डेविडबाट छुट्टी मनाएर फर्केकाराष्ट्रपति डानल्ड  ट्रंप ले इर्मालाई राक्षसी तुफानको संज्ञा दिएका छन् । उनले वासिंगटनमा पत्रकाहरुसग भने,' म अहिले भर्खर यहा फिर्ता आएको छु । इर्माबारे मैले उच्चस्तरीय बैठक गरे । प्रत्येक समूहले त्यहा मिलिजुली काम गरिरहेका छन् । यो राक्षसी आधी हो ।'  एजेन्सीको सहयोगमा केनेपाल न्यूज

No comments:

Post a Comment