भगवान गणेशले मासु खाइरहेको बिज्ञापनप्रति भारतले अस्ट्रेलियासामु कुटनीतिक बिरोध जनाएको छ । अस्ट्रेलियाको मासु उत्पादन गर्ने कम्पनीले एक टेलिभिजन बिज्ञापनमा भगवान गणेशले खशीको मासु खाइरहेको देखाएको छ । बिज्ञापनमा अन्य धर्मका प्रतिक पनि भगवान गणेशसगै खान बसेको देखाइएको छ । अस्ट्रेलियामा रहेका हिन्दूहरुले भगवान गणेशले कहिले मासु नखाएको भन्दै बिज्ञापनप्रति आपत्ति जनाएका छन् ।
केनबरास्थित भारतीय उच्चायोगले अष्टेलिया सरकारमार्फत बिज्ञापन रोक्न र बिज्ञापन निर्मातालाई कारवाही गर्न अपील गरेको छ । भारतले मीट एण्ड लाइवस्टक अस्ट्रेलिया( एमएलएमा) बिज्ञापन हटाउन अपील गरेको छ । उसले यो बिज्ञापनबाट धार्मिक भावना आहत बनेको बताएको छ ।
विवादास्पद बिज्ञापनमा इसा मसिहा, गौतम बुद्ध, साइंटोलोजी धर्मका संस्थापक एल रान हबर्ड सगै बसेर गफ गर्दै एउटै टेबलमा खाना खाइरहेका छन् । बिज्ञापनमा हजरत मोहम्मद त्यहा सामेल हुन नसकेको जिकिर गरिएको छ । अस्ट्रेलिया
को बिज्ञापन नियमन गर्ने संस्था एडभरटाइजिंग स्टेण्डर्स ब्यूरोले उक्त बिज्ञापनलाई लिएर ३० वट उजुरी परेको बताएको छ । त्यसको बिरोधमा त्यहा एउटा अनलाइन क्याम्पेन पनि सुरु गरिएको छ भने हिन्दू धार्मिक संस्थाहरुले बिज्ञापनको बिरोध जनाइरहेका छन् ।बीबीसी न्यूजका साथ केनेपाल

No comments:
Post a Comment