संयुक्तराष्ट्र संघ सुरक्षा परिषदले उत्तर कोरीयामाथि नया प्रतिबन्ध लगाएको छ । चीन र रुसले पनि उक्त प्रतिबन्धमा सहमति जनाएपछि सर्वसम्मतिले उक्त प्रस्ताव पारित भएको हो । उत्तर कोरीयाले ३ सेप्टेम्वरमा छैठौ तथा शक्तिशाली परमाणु परीक्षण गरेको थियो । त्यसैकारण उत्तर कोरीयामाथि सुरक्षा परिषदले नया प्रतिबन्ध लगाएको हो । प्रतिबन्धको मस्यौदा अमेरीकाले तयार पारेको थियो । जसलाई चीन, रुस लगायत सबै १५ सदस्य राष्ट्रले सहमति जनाएका हुन ।
नया प्रतिबन्धमा उत्तर कोरीयाको आयको श्रोत बन्द गर्ने प्रयास गरिएको छ । यसको साथै उत्तर कोरीयाले मौजुदा सीमाभित्र रहेरमात्र कच्चा तेल आयात गर्न सक्नेछ । सन् २००६ मा संयुक्तराष्ट्र
संघ सुरक्षा परिषदले उत्तर कोरीया विरुद्ध नौ प्रस्ताव पारित गरिसकेको छ । श्रोत बीबीसी न्यूज/ केनेपाल केन्टकी लुइभील

No comments:
Post a Comment