Tuesday, September 12, 2017

आइफोन ८ र ८ प्लस सेप्टेम्बर २२ बाट बजारमा/ आइफोन १० नोभेम्वर ३ देखि (मूल्य र बिशेषतासहित)

एप्पलले आज मंगलबार स्मार्टफोन
X अर्थात आइफोन १० को झलक सार्वजनिक गरेको छ । तर यसको बिक्रि भने नोभेम्वर ३ देखि सुरु हुनेछ । यो एप्पलको अहिलेसम्मकै सवैभन्दा महंगो फोन हो । यसको मूल्य ९ सय ९९ डलरबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ । यसको साथै बहुप्रतिक्षित आइफोन ८ र आइफोन ८ प्लस पनि सार्वजनिक गरिएको छ । यी फोनहरु चै २२ सेप्टेम्बरबाट बजारमा आउनेछ । आइफोन ८ प्लसको मूल्य ७ सय ९९ डलर रहेको छ भने आइफोन ८ को मूल्य ६९९ डलर निर्धारण गरिएको छ । यो ६४ जीवी र २५६ जीवी मोडल्समा आउनेछ ।
आइफोन यस्क अर्थात आइफोन १० अनुहार चिन्ने अर्थात फेस आइडी फिचरबाट लेस हुनेछ । यसको माथि इन्फ्रारेड क्यामरा छ जसले  अध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्नेछ । यो फोनमा होम बटम रहनेछैन । यसले प्रयोगकर्ताको अनुहार चिनेपछिमात्रै फोन प्रयोग गर्न दिन्छ । क्यूपर्टिनोको स्टीव जब्स थिएटरमा आइफोन लन्च भएको दशौ बार्षर्ीकोत्सबको बिशेष अवसरमा एप्पले यो जानकारी दिएको हो ।
यसअघि कम्पनिले आइफोन ८ र आइफोन ८ प्लस लन्च गरेको थियो । जो बिना तार चार्ज हुनेछ ।  इन बिल्ट वायरलेस चाजिर् ंग सिस्टमबाट उक्त फोनहरु चार्ज हुनेछ । आइफोन ८  र आइफोन ८ प्लसको ग्लास अहिलेसम्मकै   ड्युरेबल ग्लास हो ।  वाटर र डस्ट रेजिस्र्टेस सेवा पनि छ उक्त फोनहरुमा । ८३ प्रतिशत ज्यादा लाइट र ज्यादा पावर एफिसेन्सीको सााथ नया १२ एमपी सेन्सर रहनेछ । केनेपाल न्यूज

No comments:

Post a Comment