Sunday, September 3, 2017

प्रेममा धोकापछि आफैसग विवाह गर्ने महिलाको मनछुने वर्णन (उनकै शब्दमा)

सोफी टेनर
बीबीसी रेडियो ५ लाइभ
दुई बर्ष पहिले मैले आफैसग विवाह गरे । त्यो विवाहको दिन मेरो जिन्दगीको सबैभन्दा सुखको दिन हो । म विंटेज गाउनमा थिए । मेरो बुवा मलाई रसिलो आखा पारेर विदाइ गर्दै हुनुहुन्थ्यो । मेरो साथी विवाह समारोहमा खुशीले नाचिरहेका थिए । पुरुष र महिलाहरुमा आफैसग विवाह गर्ने प्रचलन अहिले बढिरहेको छ ।
ब्राइटन इग्ल्याण्ड मा मैले जुन दिन विवाह गरे , हसिलो भएर घाम चम्किरहेको थियो । यहा म आफ्नो लेब्राडोर कुकुर एलाको साथ बस्छु । बि्रटेनमा यो मेरो विवाह बैध होइन । तर मेरो लागि त्यो बिशेष समारोह थियो जहा मलाइ आफैप्रति सहानुभूति राख्ने बानी बसाल्नुथियो ।
म ३८ बर्षकी छु । मेरो जीवनमा दुखद सम्बन्धको गहिरो कहानी छ । मेरो अन्तिम पार्टनरलाई म एकदमै माया गर्थे । म उसको मायामा डुबेको थिए । तर उसले एकदम चाडै हाम्रो सम्बन्धलाई तोड्यो । त्यो हाम्रो माया १८ महिनासम्ममात्र जिवित रह्यो । उसले मलाई दिएको धोका सामान्य थिएन । त्यसले मलाई गहिरो चोट दियो । मेरो आसु थामिदैनथ्यो । त्यो बेला म आफैसग प्रश्न गरिरहन्थे ।
यसअघि पनि मैले प्रेममा धोका पाइसको थिए । मलाई धोकाको आभाष थियो । मलाई लागिरहेको थियो कि फेरी पनि मैले एकजना गलत मान्छेलाई दिल दिइराखेको छु । मैले आम महिलाहरुजस्तो कुनै बिशेष सपना पालेको थिइन । तर ब्रेकअपपछि मैले आफैभित्र अनेक सपनाहरु खोज्न सुरु गरे ।
मलाइ लाग्यो कि आफैभित्र माया खोज्नुजस्तो रोमाण्टिक अरु के हुन सक्छ र । कुनै अरु राम्रानराम्रा ब्यक्तिहरुलाइ छनौट गरिरहनु र उनीहरुको जरुरी आभाष गरिरहनु बेकार लाग्यो मलाई । साएद जसको तलासमा थिए त्यो म आफै हु जस्तो लाग्यो मलाई ।
विवाह समारोहको आयोजना एकदमै सजिलो थियो । यो केवल मेरो खुशीको लागि थियो । मैले लण्डनबाट विंटेज डेस किने । विवाहको लागि ब्राइटन बीच बुक गरे । मैले कयौ खाले पेय पदार्थको ब्यवस्था गरेको थिए, अतिथिहरुको लागि । यसको साथै मैले विवाहको परम्परा र रितिरिवाजलाई पनि पछ्याए ताकि त्यसले मलाई आफैप्रति संकल्पित हुन मद्धत गरोस । मैले त्यहा निराशाहरुसग जुध्ने कसम खाए । मैले जीवनका आरोहअवरोहमा आफ्नो असल साथी बन्ने बाचा गरे । यसको साथै आफ्नो सफलताम खुशी हुने र दुखमा आफैलाई सान्त्वना दिने प्रतिबद्धता पनि गरे ।
मैले विवाह समारोहमा संकल्प लिदै भने , 'म गर्छु । म सक्छु । '  जव मैले त्यहा संकल्प लिइरहेको थिए , समारोहमा उपस्थित अतिथिहरुमा एक किसिमको सन्नाटा छायो। समारोह साच्चिकै अविस्मरणीय बनिरहेको थियो । मैले त्यहा उपस्थित प्रीयजनतर्फ नजर दौडाए , उनीहरु म सगै खुशी साटिरहेका थिए । सबैजना मेरो यो फैसलाप्रति आश्वस्त भइरहेको जस्तो भान मिलेको थ्यो मलाई । मैले अतिथिहरुलाई डान्समा सहभागी हुन आग्रह गरे । सारा अतिथिहरु जमेर डान्स गरिरहेका थिए । मेरो साथी केथले बच्चाको साथ डान्स गरिरहेको थिइन । धेरैले मलाइ भने, अहिलेसम्म धेरै विवाह समारोहमा गइयो तर यो सबैभन्दा रमाइलोथ्यो ।
मेरो वुवाले यो विवाहलाई गम्भीरतापूर्वक लिइरहनुभएको थ्यो ।  उहा घडबडाउदै कहिलेकाही आफ्नो टाइ सिधा पार्नुहुन्थ्यो । उहाले मेरो पाखुरा पकडिनुभयो र म आफैलाई सुम्पिदिनुभयो । म मेरो बुवालाइ एकदमै माया गर्छु ।  उहाले हमेशा मलाई साथ दिइरहनुभयो । मैले जे चाहे त्यसको समर्थनमा उहा खम्वा जस्तो खडा बनिरहनुभयो । यस्तो खुला दिमागको बुवा साएदै कसैले पाउछन ।
आफैसग विवाह गर्दा म आफैलाई एकदम समय दिनेछु । यो अप्ठ्यारो छदैछैन , आफैले आफैलाई माया गर्नु । विवाहको बेला गरेको सबै संकल्पहरुलाई सम्भिmरहनेछु र बाकी जीवनमा त्यसलाई निभाइरहनेछु ।  मेरो विवाहको रातलाई  सेक्सी नाइट भन्न मिल्दैन । तर मैले रातभर आफूलाई माया गर्नेहरुसग डान्स गरे । जब विहान भयो म एक विवाहित महिलामा परिणत भइसको थिए । म खुशीको आभाष गर्दै थिए ।
मलाई कतिपयले निराश महिलावादी भन्छन । तर म आफैलाई भन्छु ',तिमीलाई कसैको खराब ब्यवहार सहनु जरुरी छैन । तिमीलाई कसैको लागि जिन्दगीभर इन्तजार गरिरहनु जरुरी छैन ।  तिमी पहिले देखिनै आफ्नो लागि विशेष हौ ।'
केनेपालको लागि भावानुवाद

No comments:

Post a Comment