नेपाल अमेरीका सोसाइटी अफ केन्टुकी नास्क को आयोजनामा आज स्थानीय टम स्वायर पार्कमा नेपालीहरुबीच फुटबल र भलिबल खेलका प्रतियोगिताहरु सम्पन्न भएका छन् । भोली सोमबार फाइनल खेलका प्रतिष्पर्धाहरु हुनेछन् । फुटबल र भलिबल प्रतियोगितामा स्थानीय तीन तीन टिमले सहभागिता जनाएका थिए । ब्राडस्टाउन टीम र वेस्टपोर्ट टीम भोली फुटबलको लागि फाइनलमा भिडन्त गर्दैछन । त्यसैगरी भलिवलको लागि ब्राडस्टाउन र काभ्रेली टीमबीच फाइनल प्रतिष्पर्धा हुनेछ ।
आज भएको फुटबल प्रतिष्पर्धामा युपिएलाई ब्राडस्टाउन टिमले ३- ७ को गोलअन्तरले पराजित गरेको थियो । लीग चरणमा भएका प्रतिष्पर्धामा ब्राडस्टाउन र वेस्टपोर्ट रोडबीचको खेल बराबरीमा टुंगिएको थियो । दुबै टीमले ४/ ४ गोल गरेका थिए । त्यसैगरी ब्राडस्टाउनसग पराजित यूपीए र वेस्टपोर्ट टीमबीचको सेमिफाइनल प्रतिष्पर्धामा २ गोलको अन्तरले वेस्टपोर्ट टीम बिजयी भएर फाइनलमा प्रवेश गरेको छ । उक्त प्रतिष्पर्धामा युपीएले ३ र वेस्टपोर्टले ५ गोल गरेका थिए ।
त्यसैगरी आज भएको पहिलो भलिवल खेलमा ब्राडस्टाउन टीमले वेस्टपोर्टलाई पहिलो सेटमा २० - २५ र दोश्रो सेटमा १५ २५ को अंक अन्तरले पराजित गरेको थियो । त्यसैगरी दोश्रो प्रतिष्पर्धामा काभ्रेली टीमले २२ - २५, २५- २१ र १५ - ७ को अंक हासिल गरि ब्राडस्टाउन टीमलाइ पराजित गरेको थियो । त्यसैगरी तेश्रो प्रतिष्पर्धामा काभ्रेली टिमले २५- १७ र २५- १८ को अंक अन्तरमा वेष्टपोर्ट टिमलाई पराजित गरेको थियो ।
नास्कका सचिब पोम खरेलले भोली फाइनल विजेता टिमलाई एक समारोहकाबीच प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने जानकारी दिनुभयो । नास्कले भोली बार्बीक्यूको समेत आयोजना गरेको छ । तस्वीर तथा शब्द केनेपाल
तस्वीर
रातो जर्सी यूपीए
हरीयो जर्सी वेस्टपोर्ट
निलो ब्राडस्टाउन
No comments:
Post a Comment