Thursday, September 14, 2017

प्रतिबन्धपछि कतारलाई अर्बौ डलरको बोझ

एक रेटिंग एजेन्सीको अनुसार अरब देशको प्रतिबन्धपछि आफ्नो अर्थब्यवस्था सुचारु रुपले चलाउन कतारले ३८ अर्ब डलर खर्च गर्नुपरेको छ । रेटिंग एजेन्सी मूडीका अनुसार जुन महिनाबाट साउदी अरब, संयुक्त अरब इमिरेटस, मिश्र र बहराइनले प्रतिबन्ध लगाएपछि कतारको आर्थिक कारोबार, पर्यटन र बैंकिग क्षेत्र नराम्ररी प्रभावित भएको थियो ।
एजेन्सीका अनुसार कतार सरकारलाई ३० अर्ब डलर बैंकिंग क्षेत्रमा निवेस गर्नु परेको छ । कतारका छिमेकी देशहरुले चरमपन्थीलाई मद्धत गरेको भन्दै नाकाबन्दी लगाएका छन् । यी देशहरुको नाकावन्दीका कारण कतारको जमीनी सीमा बन्द छ भने कतारको झण्डावाला समुन्द्री जहाजलाई बन्दरगाहा प्रवेशमा रोक लगाइयो । यहासम्मकी कयौ देशको आकासमा कतारको हवाइ जहाजलाई प्रवेश गर्न पनि निषेध गरियो ।
कतार सरकारले प्रतिबन्ध झेल्न आफूसग संशाधनको कमी नभएको बताउदै आएको छ । तर यसबाट कतारमाथि दबाब भने बढ्दै गएको देखिएको छ ।
यो साता कतारको स्टक मार्केटको सूचकांक गएको ५२ हप्तामा सबैभन्दा तल झरेको छ । प्रतिबन्धपछि कतारको स्टक मार्केटले कयौ घाटा ब्यहोर्नु परेको छ ।
रेटिंग एजेन्सी मुडीका अनुसार प्रतिबन्धको दुई महिनाको दौरान ४८.५ अर्ब डलर अर्थब्यवस्थामा लगाउनुपरेको छ जुन कतारको कुल घरेलु उत्पादनको करीब २३ प्रतिशत हो । बीबीसी न्यूजका साथ केनेपाल न्यूज लुइभिल केन्टुकी

No comments:

Post a Comment