Thursday, September 14, 2017

उत्तर कोरीयाले जापानमाथि फेरी मिसाइल छाड्यो

उत्तर कोरीयाले राजधानी प्योंगयांगको पूर्वी दिशाबाट जापानतर्फ फेरी एउटा मिसाइल छाडेको छ । दक्षिण कोरीया र जापानले यसको पुष्टि गरेका छन् । दक्षिण कोरीयाको सेनाका अनुसार  यो मिसाइल करीब ७ सय ७० किलोमिटर उचाइसम्म गएको र यसले ३७ सय किलोमिटरको दूरी तय गरेको थियो ।
समाचार एजेन्सी रोयटर्सले जापानको एनएचके टीभीको हवाला दिदै दिएको समाचार अनुसार मिसाइल स्थानीय समय अनुसार बिहान ६ बजेर ५७ मिनेटमा छोडिएको थियो । यो ७ वजेर ६ मिनेटमा जापानको होकाइदो दि्वपबाट गएको थियो ।
जापानले आफ्ना नागरीकलाई शरण लिन भनेको छ । दक्षिण कोरीयाले राष्टिय सुरक्षा परीषदको आपतकालीन बैठक बोलाएको छ । उत्तर कोरीयाले एक दिन अघिमात्र संयुक्त राष्ट संघमा उत्तर कोरीया बिरुद्धको नाकाबन्दीको समर्थन गरे वापत जापानलाइ डुबाइदिने तथा अमेरीकालाई खरानी र अंधकारमा परीणत गर्ने धम्की दिएको थियो ।
अघिल्लो महिना समेत उत्तर कोरीयाले जापानमाथि एक मिसाइल छाडेको थियो । बीबीसी न्यूजको साथ केनेपाल न्यूज

No comments:

Post a Comment