क्यारेवियाई द्वीपमा बिध्वंस मच्चाएको इर्मा आंधीबाट अमेरीकाको फ्लोरीडा राज्य र त्यस वरपरको क्षेत्रहरु त्रसित बनेको छ । अमेरीकी संघीय आपतकालिन एजेन्सीका प्रमुख ब्राक लन्गले इर्मा आंधी फ्लोरीडा र छिमेकी राज्यहरुमा बिनासकारी सावित हुने आशंका ब्यक्त गरेका छन् । उनले फ्लोरीडा राज्यको केही भागहरुमा कयौ दिनसम्म बिजुली जाने अनुमान पनि गरे । उनका अनुसार ५ लाख जनालाई सुरक्षित स्थानमा जान भनिसकिएको छ । अमेरीकाको मौसम बिभागले फ्लोरीडा पुग्दा इर्मा आधी २ सय ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बहने भविष्यवाणी गरेको छ ।
फ्लोरीडा राज्यका गर्भनर रिक स्कटले भने, 'याद गर्नुस । घर दोहोर्याएर बनाउन सक्नुहुन्छ । जिन्दगी दोहार्याउन सकिदैन । ' इर्मा आधीले क्यारेवियाइ द्वीपमा बिध्वंस मच्चाइसकेको छ । यसबाट उक्त क्षेत्रहरुमा एक करोड २० लाख जना प्रभावित भएका छन् । उक्त विध्वंसकारी आंधी शनिबार फ्लोरीडा आइपुग्न लागेको हो ।
अमेरीकाको राष्टिय मौसम बिभागले दक्षिण फ्लोरीडामा कयौ महिना वा हप्तासम्म यसबाट जनजिवन प्रभावित हुने आशंका गरेको छ । फ्लोरीडाको एटलांटिक तटपछि यो जर्जिया र साउथ क्यारोलानासम्म पुग्ने बताइएको छ । जर्जियाका गर्भनरले शनिबारदेखि एटलांटिक तट खालि गराउन सुरु गरिने बताए ।
फ्लोरिडा राज्य र त्यस आसपासका हजारौ मानिसहरु सुरक्षित स्थानतर्फ जान थालेका छन् । जसको कारण सडकहरु जाम छन भने विमानस्थलहरुमा ठूलो घुइचो लागेको छ ।
इर्मापछि एटलाण्टिकमा एउटा अर्को होसे नाम दिइएको आधी सुरु भएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टा कुदिरहेको उक्त आंधी पनि इर्माकै बाटोमा अघि बढिरहेको छ । जसको कारण राहत र उद्दार कार्यमा अप्ठ्यारो भइरहेको छ ।
यसैवीच अमेरीकी राष्टपति डानल्ड टम्पले फ्लोरीडामा पूरै तयारी भएपनि यसको प्रभावबारे यकीन भन्न नसकिने बताएका छन् । फ्लोरीडा राज्यमा पनि धेरै नेपालीहरुको बसोबास रहेको छ । यसैबीच मेक्सिकोमा भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या ६१ पुगेको छ ।
तस्वीरमा इर्मा आधीबाट जोगिन घरलाई प्लाइउडले कभर गर्दै फ्लोरीडाकी एक महिला / बीबीसी न्यूजको सहयोगमा केनेपाल

No comments:
Post a Comment