Friday, September 8, 2017

मेक्सिकोमा भूकम्प, अहिलेसम्म ३२ को मृत्यु

अमेरीकाको छिमेकी देश मेक्सिकोमा गएको भूकम्पमा परी अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणि समुन्द्री तटमा गएको ८.२ रेक्टर स्केलको भूकम्पलाई सताब्दीकै ठूलो भूकम्पहरुमध्येको एक भनिएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
अमेरीकी भूगर्भविदको सर्वेक्षण अनुसार भूकम्पको केन्द्र पिजिजियापन शहरको दक्षिण-पश्चिम शहरबाट ८५ किलोमिटर टाढा जमिनबाट ७० किलोमिटर गहिरोभागमा रहेको थियो । मेक्सिको सहित एल साल्वाडोर, कोस्टारिका, निकारागुआ, पानामा र होंडुरसमा पनि सुनामीको चेतावनी दिइएको छ ।
मेक्सिको सिटीमा जोडले भवनहरु हल्लिन थालेपछि मानिसहरु घर वाहिर निस्केका थिए । भूकम्पको झटका १ मिनेटसम्म महशुस गरिएको थियो । उक्त भूकम्प लगत्तै ४.९ र ५.७ रेक्टरको झडकाहरु महशुस गरिएको थियो । भूकम्पबाट भएका क्षतिहरु आउने क्रम जारी छ । न्यूज एजेन्सीहरुको साथ केनेपाल न्यूज डेस्क

No comments:

Post a Comment