Thursday, January 11, 2018

सेभेन इलाभेन स्टोरहरुमा छापा


अमेरीकाको फेडरल इमीग्रेसन  एजेण्टहरुले पछिल्लो २४ घण्टामा सेभेन इल्याभेन स्टोरहरुमा छापा मारेर २१ जना कागजातविहीन कामदारहरुलाई पक्राउ गरेका छन् ।
क्यालिफोर्नियादेखि फ्लोरिडासम्म्का १७ राज्यका ९८ स्टोरमा छापा मारेर गैर कानुनी रुपमा काम गरिरहेका कामदारहरुलाई पक्राउ गरिएको हो ।
अमेरीकामा ग्यांस देखि ग्रोसरीसम्मको कारोबार गर्ने थुप्रो सेभेन इलेभेन स्टोरहरुमा नेपाली लगायत भारतीय, पाकीस्तानी, बंगलादेशीहरुको लगानी रहेको छ । त्यस्ता स्टोरहरुमा काम गर्नेहरु पनि नेपाली लगायत साउथ एसीयनहरुनै रहने गरेका छन् ।
यूएस इमिग्रेसन एण्ड कस्टम इनफोर्समेण्ट का कार्यवाह निर्देशक थोमस ह्यामले कागजातविहीन कामदार राखेको भेटिएमा कारवाही हुने बलियो सन्देश यसबाट गएको प्रतिकृया दिएका छन् ।
छापा मार्ने क्रममा कामदारहरुको कानुनी हैसियत र विवरण माग गरिएको थियो । क्यालिफोर्निया, कोलोराडो, डेलावेर, फ्लोरिडा, इलिनइस, इण्डियाना, मेरील्याण्ड, मिसीगन, मिजौरी, नेभाडा, न्यू जर्सी, न्यूयोर्क, नर्थ क्यारालोना, ओरेगन, पेन्सलभेनीया, टेक्सास, वासिंगटन र वासिंगटन डीसीका सेभेन इलाभेन स्टोरहरुमा छापा मारिएको थियो ।
तस्वीर- एपी \ कृश कार्लशन

No comments:

Post a Comment