Thursday, January 11, 2018

सेभेन इलेभेनको छापा \ भ्रम र यथार्थ


फेडरल इमिग्रेसन एजेण्टहरुले सेभेन इलेभेनमा छापा मारेर कागजातबिहीन कामदारलाई पक्राउ गरेको बिषयलाई लिएर आप्रवासीहरुबीच बिभिन्न हल्ला चलेको छ । तर यो नया अभियान भने होइन । स्वयम यूएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेण्ट (आइसीइ )ले समेत  यसलाई सन २०१३ को फलोअप भनेको छ । त्यतिबेर पनि सेभेन इलेभेनमा छापा मारेर कयौ मालिक र कागजातबिहीन कामदारलाई पक्राउ गरिएको थियो । तर यस पटक यो अलि बृहत हो ।
त्यसो त सन २००८ मा लोवाको मासु प्याकिंग कारखानामा छापा मारेर ४ सय जना कागजातविहीन कामदारलाई एकै पटक पक्राउ गरिएको थियो । गैर कानुनी रुपमा काम गर्नु र गराउनु आफैमा अपराध हो । र कानुनी राज्यलाई चुनैति समेत हो ।
छापा मार्ने क्रममा आइसीइ का अधिकारीहरुले अमेरीका बसोबासको आधिकारीकता र सोसल सेक्योरेटी नम्वर खोजेको बताइएको छ । आइसीइको यो नियमति प्रकृया हो । आइसीइका निर्देशक थोमस डी होमनले भनेजस्तै यो कार्वाहीले एउटा बलियो शन्देस गएको हुनुपर्छ । कानुनी राज्यमा गैर कानुनी काम गर्नु जहिले पनि जोखिम हुने गर्छ ।
के नेपालका लागि बिनोद  दाहाल \ मेरिल्याण्ड
तस्वीर\ एपी

No comments:

Post a Comment