दक्षिण क्यालिफोनिर्यामा भीषण बर्षापछि आएको बाढीको कारण १३ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको जंगलमा गत महिना लागेको डढेलोले जम्मा गरेको खरानी र फोहोरको कारण कम्मरसम्म फैलिएको लेदोको कारण बाढीको बिनास बढेको हो ।
यसको कारण ४८ किलोमिटरभन्दा बढी राजमार्ग बन्द गरिएको छ । पुरै इलाका पहिलो विश्व युद्धको बिनास जस्तो देखिएको मिडिया रिपोर्टहरुमा बताइएको छ ।कम्तीमा २५ जना घाइते छन । हजारौ जनालाई बाढी प्रभावित क्षेत्रबाट हटाइएको छ भने बाढीमा फसेका ५० जनालाई उद्धार गरिएको छ ।
पहाडबाट ठूला ठूला ढुंगा बाढीसंगै बगेर सडकमा आइपुगेको छ । ३० हजारलाई बाढीको चेतावनी दिइएको छ ।
केनेपाल न्यूज
No comments:
Post a Comment