Friday, January 12, 2018

वालमार्टको सेवा सुविधामा बृद्धि


नयां ट्याक्स निति पारित भएपछि वालमार्टले कामदारको सुविधामा बृद्धि गरेको छ । विश्वकै ठूलो उदयीमान रिटेलर वालमाटमा धेरै नेपालीहरु कार्यरत छन् । वालमार्टले न्यूनतम ज्याला प्रतिघण्टा नौ डलरबाट बढाएर ११ डलर पुऱ्याएको छ । तर उसले आफ्नो मेम्वरसीपमा आधारित  ६० वटा श्यामस क्लव भने बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी वालमार्टले बोनस नितिमा समेत संशोधन गरेको छ । सिएनबीसी न्यूजले जनाए अनुसार वालमार्टमा लगातार २० बर्ष काम गर्ने कामदारले एक हजारसम्म बोनसप्राप्त गर्नेछनभने दुइ बर्ष भन्दा कम काम गर्नेले २ सयसम्म् बोनस पाउनेछन ।
त्यस्तै  १५ देखि १९ बर्ष काम गरेकाले ७ सय ५० डलर, १० देखि १४ बर्ष काम गरेकाहरुले ४ सय डलर बोनस प्राप्त गर्नेछन । त्यस्तै ५ देखि ९ बर्ष काम गरेकालाई ३ सय डलर र  २ देखि ४ बर्षसम्म काम गरेकालाई २ सय ५० डलर बोनस प्रदान गरिने वालमार्टले जनाएको छ ।
त्यसैगरी फुल टाइम आवर्ली महिला कादारलाई १० हप्तासम्मको पेड सुत्केरी सुविधा र पुरुषलाई सुत्केरी स्याहार्न ६ हप्तासम्म्को पेड छुट्टीको पनि ब्यवस्था गरिएको छ ।
त्यसैगरी कम्पनीले नया बेनिफिट पोलिसी अन्तर्गत  धर्मपुत्र राख्न चाहने कादारलाई प्रतिबच्चा ५ हजार डलरसम्म् आर्थिक सहयोग गर्ने भएको छ ।  त्यसले एडपसन गर्दा लाग्ने एजेन्सी र कानुनी शुल्क तिर्न पुग्ने वालमार्टको विश्वास छ ।
यसअधि वेस्ट म्यानेजमेण्ट, बैंक अफ अमेरीका, जेट ब्लू, टार्गेट, टिजेएक्स जस्ता कम्पनीहरुले पनि यस्तै घोषणा गरिसकेका छन् ।
ब्यापार क्षेत्रलाई बढावा  दिन भन्दै गत महिनामात्र नया ट्याक्स निति पारित गरिएको छ ।  जसमा कोर्परेट ट्याक्स ३५ प्रतिशतबाट घटाएर २१ प्रतिशतमा झारिएको छ ।
केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment