Sunday, January 14, 2018

अमेरीकाको हवाइमा मिसाइल हमलाको एलर्ट जारी गरिएपछि........


अमेरीकाको हवाइ प्रान्तमा मिसाइल हमलाको एलर्ट जारी भएपछि त्यहाका वासिन्दाहरुमा एकछिन तनाब उत्पन्न भयो । त्यहाका नागरिकका मोवाइलमा यस्तो यलर्ट आयो, 'हवाइको तर्फ बढीरहेको ब्यालेस्टिक मिसाइलको खतरा । तुरुन्त शरण लिनुहोस । यो कुनै ड्रिल होइन ।'
तर पछि फेरी भनियो , यो गलतीले जारी भएको शन्देश थियो ।
हवाइका गर्भनर डेभिड इगेले माफी माग्दै एक स्टाफले गलत बटन दबाउदा त्यस्तो म्यासेज प्रवाह हुन पुगेको स्प्स्टीकरण दिए ।
अमेरीकी सरकारले घटनाको विस्तृत जांच गरिने  जनाएको छ । उत्तर कोरीयाले हवाइसम्म पुग्ने मिसाइल निर्माण गरेको चर्चा चलिरहदा त्यहा त्यस्तो एलर्ट सिस्टमको विकास गरिएको छ ।
मोवाइलसंगै त्यस्तो एलर्ट टीवी र रेडियोबाट समेत प्रशारण गरिएको थियो ।  होनुलुलु स्टार एडभर्टाइजरको रिपोर्ट अनुसार, इमेलमा १८ मिनेटपछि त्यो एलर्ट गल्ती  भएको सूचना दिइयो । तर अघिल्लो ३८ मिनेटसम्म् यो संग सम्बधिन्त सूचना जारी गरिएन ।
गर्भनर इगेले राज्यको इर्मजेन्सी म्यानेजमेण्ट एजेन्सीमा तीन पटक सिफ्ट बदलिन्छ । सोही अनुसार एक सिफ्ट बदलिने बेलामा यस्तो गल्ती भएको जानकारी दिए ।
टीभी र रेडियोबाट सन्देश प्रवाह गरेर हवाइका वासिन्दालाई घर छाडेर नजान अपील गरिएको थियो ।
टीभी सन्देश्म भनिएको थियो ',तपाइ घरबाट बाहिर हुनुहुन्छ भने कुनै घरमा शरण लिनुस । घरभित्रै रहनुस । झ्यालबाट टाढा रहनुस ।  यदी तपाइ गाडी चलाउदै हुनुहुन्छ भने सडक किनारमा गाडी पार्क गर्नुस
हामी खतरा टरेपछि पुन सूचना दिन्छौ । यो कुनै ड्रिल होइन ।'
हवाइ राज्यका एक जनप्रतिनिधि मेट लोपरेस्टी मिसाइल एलर्ट भएको बखत घरमै थिए । उनले एलर्ट जारी भएपछि परिवारको साथ वाथरुमको बाथ टबमा लुकेको जानकारी दिएका छन् ।
अमेरीकी सेनाले पनि मिसाइल हमलाको कुनै आशंका नरहेको भन्दै यो गलतीले जारी भएको स्पस्टीकरण दिएको छ । फ्लोरीडामा रहेका राष्ट्रपति डानल्ड ट्रंपलाई पनि यसबारेको सूचना दिइएको छ ।
पछिल्लो महिना स्टार एडभर्टाइजरलेआफ्नो एक रीपोर्टमा यदी उत्तर कोरीयाले मिसाइल छाड्यो भने हवाइसम्म आइपुग्न २० मिनेट लाग्ने दाबी गरेको थियो ।
हवाइलाई उत्तर कोरीयाबाट सबैभन्दा नजिकको अमेरीकी राज्य मानिन्छ ।
बीबीसीको सहयोगमा केनेपाल न्यूज

No comments:

Post a Comment