केन्टकी राज्यका गर्भनर म्याट बेभिनले अहिलेपनि केन्टकीमा एक लाख भन्दा बढी रोजगारीका अवसर उपलब्ध भएको बताउनुभएको छ । उहाले ड्रग सेवन नगर्ने र रोजगारीमा समयलाई ख्याल गर्नेलाई बरोजगार हुनु नपर्ने विश्वास ब्यक्त गर्नुभयो ।
केन्टकी राज्यले जुलाईदेखि लागु गर्न खोजेको नयां मेडिकेट मेडिकेयर नीतिमा सरकारी इन्स्योरेन्स पाउन शारीरीक रुपमा समेत योग्यहरुले हप्तामा कम्तीमा २० घण्टा काम गर्नैपर्ने नियम बनाएको छ । एनपीआर रेडियोले सोही शन्दर्भमा लिएको एक अर्तवार्तामा उहाले उक्त कुरा बताउनुभएको हो ।
उहाले काम गरेर खानसक्नेहरुले पनि सरकारी सुविधामा इन्स्योरेन्स लिइरहेको भन्दै अब त्यसो हुन नहुने समेत बताउनुभएको ।
उहाले आफू पनि गरिबीको रेखामुनि हुर्किएको उल्लेख गर्दै अमेरीकामा पहिले कहिले पनि यस्तो सित्तैको सुविधा नभएको तर्क गर्नुभयो ।
यो नियम लागु भएपछि केन्टकीमा करीब ९५ हजारले मेडिकेट सुविधा गुमाउने अनुमान गरिएको छ । अहिले १.४ मिलियनले यो सुविधा प्राप्त गरिरहेका छन् ।यसबाट केन्टकी राज्यले आगामी पांच बर्षमा २.४ मिलियन डलर बचत गर्ने अनुमान गरिएको छ ।
यो सुविधा लिन शारीरीक रुपमा सक्षमहरुले हप्तामा कम्तीमा २० घण्टा आफूलाई इंगेज गर्नुपर्नेछ । काम, स्कुल वा सामुदायीक सेवाको क्षेत्रमा । तर शारीरीक असक्षम, बृद्ध वा पालनपोषणमा संलग्नहरुलाई भने छुट दिइएको छ । अब मेडिकेडले सर्शत मात्रै आंखा र दातको इन्स्योरेन्स कभर गर्नेछ । के नेपाल न्यूज
No comments:
Post a Comment